कोलम्बियाका राष्ट्रपतिलाई नोवल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसलाई प्रदान गरिएको छ। सान्तोसलाई कोलम्बियाको बिद्रोही दि रिभुलोस्नरी आर्म फोर्स अफ कोलम्बिया फार्कसँग गत महिना भएको शान्ति सम्झौतामा उल्लेख्य योगदान गर्दै देशमा जारी गृहयुद्ध अन्त्य गरेको भन्दै शान्ती पुरस्कार प्रदान गरिएको बताइएको छ।

चारवर्ष लामो प्रयासपछि कोलम्बियाली सरकार र विद्रोही समूह फार्कबीच गत महिन भएको शान्ति सम्झौतासंगै विगत ५२ वर्ष गुहयुद्धको अन्त्य भएको थियो। कोलम्बियामा ५२ वर्ष चलेको गृहयुद्धलाई संसारकै अहिलेसम्मकै लामो गृहयुद्धको रुपमा लिइन्छ। उक्त गृहयुद्धमा परि २ लाख ६० हजार नागरिकले ज्यान गुमाउनुका साथै ६ कारोड भन्दा बढी मानिस विस्तापीत भएका थिए।

तर कोलम्बियाको सरकार र फार्क समूहबीच भएको शान्ति सम्झौताको भने कोलम्बियाली जनाताले गत हप्ता जनमतसंग्रहबाट झिनो मतबाट अस्विकार गरिदिएका थिए। जनमत संग्रहमा शान्ति सम्झौताको विपक्षमा ५०.२ प्रतिशत मत खसेको थियो।

राष्ट्रपति सान्तोसले आफुले जनमतसंग्रहबाट आएको मतको सम्मान गर्ने बताउँदै शान्तिका लागि लडिरहने बताएका थिए।

सान्तोसको जन्म सन् १९५० अगस्ट १० मा बोगाटामा भएको थियो । उनी प्रथम पटक सन् २०१० मा कोलम्बियाको राष्ट्रपतिका रुपमा निर्वाचीत भएका थिए । त्यस्तै उनी सन् २०१४ मा पुन कोलम्बियाको राष्ट्रपतिको रुपमा निर्वाचीत भएका थिए।

Leave a Reply

Your email address will not be published.