‘थारुहरुको नङ र मासुको सम्बन्धलाई अलग नपारिदिनुस् सभामुखज्यु’

थरुहट तराई पार्टी नेपालका सांसद गंगा चौधरीले थारुहरुको कलस्टर नछुट्याउन आग्रह गरेकी छन्। मंगलबार संसदमा बोल्दै सांसद चौधरीले थारुहरुको नङ मासुको सम्बन्ध रहेको भन्दै उनीहरुलाई अलग नपार्न आग्रह गरेकी हुन्।
उनले टीकापुर घटनामा पक्राउ परेका थारु कैदीहरुलाई रिहाई गर्नमाग समेत गरिन्। सोझासाझा थारुलाई कैदी बनाएको भन्दै उनले तत्काल रिहाई गर्न माग गरिन्। उनले तीन दलीय सिन्डिकेट पनि आफूहरु मान्न तयार नभएको बताइन्।

हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published.