श्रीनिवास चाैधरीकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक

गायक श्रीनिवास चौधरीको कर्णप्रिय आवाजमा सजिएको ‘सायौँ डाँडा कटिगए गयौँ एक्लै पारेर’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मी शर्माको शब्द रहेको उक्त गीतको चार वर्षपछि म्युजिक भिडियो बनेको हो।
कपिलवस्तुका विभिन्न ठाउँमा छायाँकन गरिएको भिडियोमा रहिश शाह, ऐलिना रिजाल र पुनम सुनारले अभिनय गरेका छन्। गीतमा विकास चौधरीले संगीत भरेका छन्।
गिरिस रिजालको निर्देशनमा बनेको भिडियोलाई हिम सम्झौता डिजिटलले बजारमा ल्याएको छ।

हेर्नुस् भिडियो:

Leave a Reply

Your email address will not be published.