मोटरसाइकल दुर्घटनामा सुनील चौधरीको मृत्यु

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। प्रतापुर-४ बेलाटारीमा लु४प ७७ ४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँिदा मोटरसाइकल चालक कुडिया गाविस निवासी सुनील चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका चौधरीलाई उपचारका लागि भैरहवा मेडिकल लगिएकोमा मेडिकलले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। चौधरी मोटरसाइकलमा एक्लै सवार थिए।

Leave a Reply

Your email address will not be published.