श्रीमानसँग झगडा भएपछि बसन्ती चौधरीद्वारा छोराछोरीलाई विष खुवाएर हत्या

कञ्चनपुरको भुडामा आमाले छोराछोरीको विष खुवाएर हत्या गरेकी छन् । बेलौरी नगरपालिका वडा नम्बर–१४ की २८ वर्षकी बसन्ती चौधरीले आइतबार ७ वर्षे छोरी जस्मिन चौधरी र ४ वर्षे छोरा दिपेश चौधरीलाई विष खुवाएकी हुन् ।

विष खुवाएर छोराछोरी मारेपछि आफूले पनि विष खाएर बसन्तीले आत्महत्याको प्रयास गरेकी थिइन् । बसन्तीले श्रीमानसँग विवाद भएपछि छोराछोरीलाई विष खुवाएर आत्महत्याको प्रयास गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरतबहादुर चौधरीले जानकारी बताए।

विष खाएर बिरामी चौधरीको कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.