सडक दुर्घटनामा लक्ष्मण चौधरीको मृत्यु

दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी एक बालकसहित दुईजनाको मृत्यु भएको छ । घर नजिकै खेल्ने क्रममा सडकबाट करिब ४० फिट तल खसेर शान्तिनगर गाविस–४ चिराघाटका ६ वर्षका बालक विकास विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताए ।

घाइते बालकको तुलसीपुरमा प्राथमिक उपचारपछि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका बुबा रूपलाल विकले जानकारी दिए । त्यसैगरी गडवामा गुडिरहेको ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । चन्द्रपुरबाट गडवातर्फ आइरहेको लु३त ८२६२ को ट्र्याक्टरमा सवार बेला–१ मटेरियाका ३६ वर्षका लक्ष्मण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्याल दाङका प्रवक्ता प्रकाशराज शर्मालेजानकारी दिए ।

घटनामा परी घाइते चौधरीलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।आतंक मच्चाउने तीन पक्राउ

यसैगरी एम्बुलेन्स तोडफोडदेखि विभिन्न व्यक्तिलाई कुटपिट गर्दै हिँडेको अभियोगमा तीनजनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–२ रक्षाचौरका अभिषेक बुढामगर, विपीन नेपाली र तुलसीपुर–६ का सुनिल नेपाली रहेको प्रहरीले बताएको छ ।

अभियुक्तहरूले तुलसीपुर–२ का सेतिराम विक र निमबहादुर गिरीलाई कुटपिट गर्नुका साथै बिरामी लिएर तुलसीपुर गइरहेको एम्बुलेन्सलाई तुलसीपुर–१ मजुवामा ढुंगामुढा गरी क्षति पु¥याएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाईंले बताए ।हत्या अभियोगमा पाँच पक्राउ

दाङमा एक व्यक्तिको हत्या गरेको अभियोगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँचैजनाको नाम भने पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भन्दै प्रहरीले गोप्य राखेको छ । बिजौरी गाविस–५का हिरामणि चौधरी मानपुर गाविस–८ जजरागाउँमा शुक्रबार बिहान मृतअवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । घटनास्थल वरपर देखिएको ढुंगा र अनुहारमा निलो खत भएकाले उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published.