किशोर चौधरीमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा भर्त्सना

समाचार संकलनका क्रममा एभिन्युजका पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा आइतबार गरिएको आक्रमणको नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ। नेवि संघको महाधिवेशनको समाचार संकलनका क्रममा पत्रकार चौधरीलाई सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय अगाडि सुरक्षाकर्मीले घेराबन्दी गरेर लाठी मुक्का प्रहार गरेका थिए।

महासंघसहित प्रेस चौतारी नेपाल, थारु पत्रकार संघ नेपाल लगायतले आपत्ति जनाएका छन्। प्रहरीको लाठी र बुट प्रहारले चौधरीको खुट्टा, ढाड र टाउकोमा गम्भीर चोट लागेको छ । महासंघले घटनाको छानविन गरी दोसीउपर कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ। महासंघका महासचिव उजिर मगरले सोमबार विज्ञप्ती प्रकाशित गरी सो माग गरेका हुन्।

सम्बन्धित समाचार

भिडियो खिचेको भन्दै पत्रकार किशोर चौधरीमाथि प्रहरीको लाठी प्रहार

‘बर्दीधारीबाटै गुण्डा शैलीमा कुटिएको म अब न्याय माग्न कहाँ जाउँ?’

Leave a Reply

Your email address will not be published.