शुसिल चौधरी
कीर्तिपुरको क्रान्तिकारी छबि इतिहासका पानामा स्वर्ण अक्षरले देखिएको छ। नेपालको वैकिल्पक तथा प्रगतिशील राजनीतिको मोर्चामा अग्रस्थानमा रहन्छन् कीतिपुर जहिले पनि। गोखार्ली आक्रमणविरुद्धको होस् वा राजा शासनमा पञ्चाययतको विरुद्ध होस् वा गणतन्त्रको स्थापनाको पक्षमाखरो उत्रिएको गौरवमय इतिहास छ कीर्तिपुरको। हरेक आन्दोलनमा नयाँ कीर्तिमान कायम गर्ने भएकाले हालः कीर्तिपुर नामले परिचितछ कीर्तिपुर। सायद त्यसैले आफ्नो शीरम बाघभैख विराजमान गराएर सदा अन्यायको विरुद्ध सत्ताको बागी छबि देखाउँछ, कीतिपुर।
एक शताब्दी बढी लामो गौरवमय इतिहास बनाएको नेपालको जेठो र प्रतिष्ठित विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय ज्ञानको केन्द्रमात्र होइन्। सिर्जनशील रक्तवीज जन्माउने थलो पनि हो। जस्तै, हजारौ विद्यार्थीहरु देशका कुनाकाप्चाबाट उच्च शिक्षा हासिल गर्न आउँछन्। वर्षेर्नि विद्यागत प्राज्ञिक विज्ञाता हासिल गरेर निस्कछन्। विश्वविद्यालय अध्ययनको थलो त हो नै, राजनीतिको अध्यास गर्ने केन्द्र बिन्दु पनि हो, राजनीतिक दलका भातृ संगठनका रुपमा विद्यार्थी संगठनहरु क्रियाशिल हुन्छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछि जातीय संगठनहरु पनि आफ्ना गतिविधिहरु अगाडि बठढाइरहेका छन्। भाषिक, साहित्यिक तथा सांस्कृतिक विकासका मूल उद्देश्य बोकेर क्रियाशील भएका देखिन्छन्। विगत पाँच वर्षदेखि त्रिभुवन विश्वविद्यालयको घण्टाघरको सामुन्ने रहेको बालकुमारी खाजाघर थारु साहित्यिक गतिविधिको इपिसेन्टर बनेको छ। चिर निन्द्रामा रहेको सक्तालाई जगाउन ज्ञानको घण्टा बजाइरहेका छन्, श्रष्टाहरु आफ्ना अग्रचेतनाले ओतप्रोत सिर्जनाहरुमार्फत्। हालसम्म चार दर्जन बढी शृंखला आयोजित भइसकेका छन्। ठूम्रार साहित्यिक बखेरीको ब्यानरण्मा नियमित हुँदै आएको साहित्यिक शृंखलामा थारुको मुद्दा बारेमा बहस पनि हुने गरेका छन्। विषयगत जानकारहरुको पनि शृंखलामा उपस्थिति रहने गरेको छ। २०७३ साउन २२ गते कीर्तिपुरको विश्वविद्यालय घण्टाघरको अडिटोरिम हलमा ऐतिहासिक शृंखला सम्पन्न भएको छ।
थारु समुदायको गुरही पर्वको पूर्णसन्ध्यामा अन्तरक्रिया र साहित्यिक शृखलासहित शुभकामना आदानप्रदान गरियो। शृंखलामा असाधरण कार्य पनि भयो। विश्वविद्यालयका विद्यार्थी प्रध्यायपकहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमले एक किसिमको झन्झनाहट पैदा गर्यो। दर्जनौं युवायुवतीहरु परम्परागत थारु भेषभुषामा सजिएका देखिन्थे। कार्यक्रमका वक्तहरुले थारु समुदायका सबालका साथै सांस्कृतिक र साहित्यिक मुद्दाहरु उठान गरे। थारु समुदायको पहिचानको मुद्दा खुल्लारुपमा मुखरित भएर आयो। संस्कृतिप्रति अगाढ स्नेह दर्शाउने एक मेला जस्तो भयो उक्त जमघट। हरेकको अनुहारमा देखिने उल्लास र आत्मविभोर क्षणले महौल बिछट्टै रमणीय बनेको थियो।
ब्यवस्थापिका संसद्का माननीय सदस्य जनकराज चौधरीले संस्कृतिलाई राजनीतिसँग जोड्नुपर्ने बताउँदै आफू थारु अधिकारका लागि निरन्तर लाग्ने प्रतिबद्धता जनाए। वरिष्ठ साहित्यकार लेखक एंव पत्रकार कृष्ण सर्वहारीले गुरही पर्वको महत्व र मनाउने विधिबारे सविस्तार व्याख्या गरे। जमघटमा जंग्रार साहित्यिक बखेरी साउदी अरेविया शाखाद्धारा प्रकासित एवं कृष्ण सर्वहारी र सोम डेमनडौराको सम्पादनमा निस्केको संयुक्त गजल संग्रह मैयक पहुँरा पनि विमोचन भएको थियो। संयोग भनौं उक्त गजल संग्रहको टिप्पणी गर्ने मौका मैले पाएको थिएँ। यसभन्दा पहिले गजल ससंग्रहका बारेमा दुई शब्द लेखिदिन सोम भाइले जति आग्रह गर्दा पनि मैले कार्य ब्यस्तताका कारण सकेको थिएन। तर विमोचन समारोहमा टिप्पणीको भाग मेरै हातमा पर्यो। १९ जना स्रष्टाहरुको संयुक्त गजल संग्रहकाबारेमा सांगोपांगो विवेचना गरेर समालोचकीय धर्म निभाएँ, मैले। गजल संग्रहमा चितवनका अभागीकुमार चौधरी, दाङका पुनारामकरिया बरिक्का, अमर दंगाली, रमेश दंगाली, अजित चौधरी, बुद्धिराम चौधरी, बुद्धिराम कुसुम्या, मनुवा आरके विक्षिप्त, सुमन सिंह अंग्रहवा र टेट रट्गैंया समेटिएका छन्। यसैगरी बर्दियाका मस्तराम बर्दियाली, नरेश कुसुम्या अर्पण, श्रीप्रसाद थारु अहिर र थारु सालिक राम गजलकाहरु छन्। शिवा चौधरी, दिनेश कठरिया, लाछु डगौरा थारु कैलालीका छन् भने सन्तोष चौधरी कञ्चनपुरबाट छन्। स्रष्टाहरुले देशप्रेम, मायालुको माया, थारु भाषार संस्कृतिप्रतिको अपार आस्था र लगाव गजलका माध्यमबाट ब्यक्त गरेको कुरा मैले बताएको थिएँ।
यसैक्रममा शासकीय ‘हेजेमोनी’ अर्थात शासकीय मनोविज्ञानले कसरी पहिचानविहीनलाई शक्तिहीन बनाउँछ? ती सीमान्तीकृत समुदायको भाषा, साँस्कृति, कला भेषभूषालाई अस्वीकृत गर्छ। त्यसपछि शासक हुनबाट असमर्थ, अयोग्य र निकम्मा सावित गर्छ। यसले संरचनात्मक हिंसा थोपरेर असमावेशी सत्ता सञ्चालन गर्ने दृष्टता गर्छ भन्ने आश्य पनि मैले ब्यक्त गरेँ।
त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका प्राध्यायपक एवं सवाल्टर्न विषयमा विद्यावारिधि गरेका डा. तारालाल श्रेष्ठ पनि कार्यक्रमको अकर्षणको केन्द्र थिए। उनले भने- ‘देश विदशेबाट थारु अति, साहित्य, संस्कृति र इतिहासको अध्ययन गर्न लालयित छन् भने थारु प्राज्ञिक व्यक्तिहरुले किन जाँगर नदेखाउँ? लेखक तथा अनुसन्धानकर्ता कृष्णराज सर्वहारी, जसले थारु भाषा, साहित्य, संस्कृतिक र किताव लेखिसक्दा पनि सत्ताले उहाँलाई सहजै स्वीकार गर्न सकेको छैन भने सर्वसाधरण कसरी टिक्क सक्छन्? यस्तो किन हुन्छ, त सवार्ल्टनका कारण हुन्छ, सत्ता सधैंभरी आफू अनुकूलको झुण्ड तयार गरेर सुरक्षित रहन चाहन्छ।’ उनले अमेरिकाकाबाट थारु संस्कृति र संगठनबारे अध्ययन अनुसन्धान गर्न आएका विद्यार्थी जेसन स्टोनलाई सम्मान व्यक्त गर्दै धन्यवाद दिए। यसै क्रममा उनले बाँके, बर्दिया, कैलाली अध्ययनका क्रममा जाँदा सिकेको गीत गाएर माहौललाई तताइदिए, जुन गीत थारु गाउँबस्तीमा माघी पर्व मनाउँदा गाउँगाउँमा सुन्न पाइन्छ, गीतको बोल थियो-
सिक्रेट सुँगाउने भाटु विडी सुँगाउने,
साँच्चै मायाहोकी भाटु मलाई झुलाउने।
राई खेतराई मसुरी खेत राई,
चोलोजाई बुह्रानजाई कसिन मजाआई।
प्राध्यायपक श्रेष्ठले २०७२ भाद्र ७ गते घटेको टीकापुर घटनापछि थारुका बारेमा केही बुझ्न हुटहुटी जागेको बताए। केर्तिपुरको विश्वविद्यालयमा पनि थारु हिंस्रक जाति हुन्, तिनीहरुसँग संगत गर्नु हुँदैन भन्ने जस्ता विचार बुद्धिजीबी हुँ भन्नेहरुको मुखबाट सुनेको पनि बताए। सत्ताले थारुहरुलाई वागी देखिरहेको बताए। थारुहरको अधिकारको आन्दोलनमा आफू साथमा रहेको बताए।
औपचारिकसभा सकिएपछि नाँचगानका साथ टियु घण्टाघरको सभा हलबाट थारु युवाहरुको सलह ब्यवस्थापन विभाग हुँदै त्रिवेणी चोकमा पुगेर गुरही सेलाउने काम भयो। देवातालाई जेागाउँदै शैतानलाई सोताले चुटी चुटी भस्म पारियो। काठमाडौंमा रहेका थारुहरुले थारुविरुद्धच लखेल गर्ने शैतानरुपी भावनाको अन्तयष्टी गरे। बालकुमारी खाजा घरमा पाकेको चनाको क्वाटी खाएर शुभकामना आदनप्रदान गरे। अधिकतम सहभागीले आफू गाउँ पुगेको महसुस भएको विचार व्यक्त गरे। मलाई पनि लाग्यो थारुहरुले शैतानलाई चुट्दै कीर्तिपुर कब्जा गरे। एकरुपमा गुरहीपर्व मनाउन भेला भएका थारु समुदायको उपस्थिति सांस्कृति ऐक्यवद्धताको उत्सव थियो अर्कोरुपमा हेर्दा अन्याय शोषणविरुद्धको चोटिलो सन्देश पनि थियो। थारु समुदायमा आफ्नो पहिचानमा रमाउने, गर्व गर्ने युगचेतना जाग्रित भइसकेको संकेत पनि थियो, त्यो ऐतिहासिक जमघट। भाषा संस्कृतिप्रतिको लगाव, सबाल र अधिकारप्रतिका सचेतना र एक्यबद्धता तथा उल्लासपूर्ण सहभागिताले राज्यसत्ताको न्योयोचित अंशियार हुन तयार भन्ने रमरम उद्घोष पनि थियो, त्यो साथै कीर्तिपुरको त्यो अर्को कीर्तिमानथियो सत्ताविरुद्धको शंखनादको।