शाान्ता चौधरीको कथा- ‘सबैभन्दा ठूलो सीप रहेछ, जहाँ पनि बाँच्न सकिँदो रहेछ’

सन्तोष दहित\घोराही

शान्ता चौधरी चार वर्षअगाडि गाउँको एक जमिन्दारको घरमा कमलरीको रुपमा काम गर्थिन्। आर्थिक अवस्था कमजोर भएकाले बीचमै पढाई छाडेर जमिन्दारको घरमा काम गर्न उनी बाध्य भएकी थिइन्। त्रिपुर नगरपालिका ११ सेवारकी शान्ता चौधरीलाई जमिन्दारको घरमा कमलरी बसेको खबर पाएपछि मुक्त कमलरी विकास मञ्च र नायफ नेपाल संस्थाले २०६९ मा उनलाई उद्धार ग¥यो ।

कमलरीबाट मुक्त भएपछि शान्ता चौधरीले नायफ नेपालको सहयोगमा नेपालगञ्जमा ६ महिने हेयर कटिङ (कपाल काट्ने) तालिम लिइन् । सिकेका कुरालाई शान्तले व्यवहारमा लागू गरिन् । उनले घोराही बजारमा रहेको एक सैलुनमा काम खोज्न पुगिन् । ‘सुरु सुरुमा महिला भएर काम गर्न सक्दैनन् कि भनेर काम दिन हिचकिचाए  । विश्वास दिलाएपछि काम पाएँ,’ शान्ताले भनिन्, ‘सुरुमा केही अप्ठ्यारो महसुस भए पनि काम गर्दै जाँदा बानी बस्यो । त्यसैले अहिले केही समस्या छैन ।’

२०७१ देखि शान्ता नेपाली सैलुनमा काम गर्दै आएकी छन्। ‘मेरो लगाव र इमान्दारिताले साउजीले पनि वर्षैपिच्छे तलब बढाइदिन्छन्,’ शान्ताले भनिन, ‘कपाल कटाउने मान्छेहरुको संख्या पनि निकै बढेको छ । दुई जनालाई भ्याइनभ्याइ भएको उनले बताइन् । बिहानदेखि बेलुकासम्म भ्याइनभ्याइ हुने उनले जानकारी दिइन् ।

‘मेरो काममा विश्वास लागेर पनि अहिले साहुबाट मासिक १० हजार पाइहरेको शान्ताले बताइन् । ‘आफ्नो पढ्ने इच्छा भएपनि घरको आर्थिक अवस्था कमजोर भएर बीचमै विट मार्नुप¥यो,’ उनले भनिन्। यो पेसामा आफू सन्तुष्ट रहेको उनले बताइन् ।

मासिक दस हजारले आफ्नो घर खर्च पनि चल्दै आएको उनले बताइन् । ‘तीन जनाको परिवार छ, म सानै छँदा बुबा बित्नुभयो। आमा र दिदीलाई पाल्न सक्षम भएको छु,’ उनले भनिन् । भविष्यमा आफ्नो छुट्टै हेयर कटिङ खोलेर आफूजस्तै कमलरीको लागि रोजगार सिर्जना गर्ने योजना रहेको उनले बताइन् । ‘सबैभन्दा ठूलो सीप रहेछ, सीप भएपछि जहाँ पनि बाँच्न सकिदो रहेछ,’ शान्ताले भनिन् ।

 

Leave a Reply

Your email address will not be published.