हत्या अभियोगमा रामाशंकर थारु र कृष्ण थारु पक्राउ

रुपन्देहीमा एकजनाको हत्या भएको छ । प्रहरीका अनुसार खड्वा बनगाईका मेहबुव आलमको हत्या भएको हो । आलमको टाउकोमा दाउराले हानेर हत्या भएको प्रहरीले जनाएको छ ।
आलमको शव सैनामैना–५ मा फेला परेको प्रहरीले जनाएको छ । घटनामा सम्लग्न भएको आशंकामा प्रहरीले रामाशंकर थारु र उनका छोरा कृष्ण थारुलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुसँग आलमको विवाद भएको थियो ।

Leave a Reply

Your email address will not be published.