रामदुलारी हत्याको छानबिन माग गर्दा ३ वर्षीय बालकसहित ५ जना थुनामा

रामदुलारी राना हत्याको निश्पक्ष छानबिन माग गर्दै चक्काजाम गर्ने ३ बर्षिय बालक, अधिकारकर्मि सहित ५ जना लाई जिल्ला प्रहरीले कार्यालय कञ्चनपुले पक्राउ गरेको छ । विगत १ महिना देखि रामदुलारी राना हत्या प्रकरणलाई प्रहरी प्रशासनले निश्पक्ष छानविन नै नगरी दोसीलाई उम्कन दिएको अधिकारकर्मी र स्थानियको आरोप छ । शनिवार महेन्द्र राजमार्गको चम्फापुर चोकमा प्रदर्शन गरीरहेका उनीहरु लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकारकर्मि शारदा चन्द , शान्ती पोख्रेल, आनन्दी राना , विटो राना र मृतक रामदुलारी रानाकी एक ३ बर्षिय छोरा छन् ।

हत्याका दोसिलाई कार्वाहि गरी पुर्पक्षका लागी कारागार चलान गरीसक्दा राजमार्ग अवरोध गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रवक्ता लाल बहादुर बमले बताएका छन् । शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले ज्यादती र कुटपीट गर्दै बालिका सहित ५ जनालाई पक्राउ गरेको पीडितले बताएका छन् । तर आन्दोलनकारीलाई प्रहरीले कुनै ज्यादती नगरेको र आन्दोलनको बीचबाट समातेर गाडीमा राखिएको बताएको छ ।

गत जेठ १८ गते राती हराएकीे रानाको ५ दिन पछि २२ गते चम्फापुर राजमार्ग भन्दा ३०० मिटर दक्षिण बेस्रमको झाडिमा लास भेटिएको थियो । रामदुलारी घटनाको पुन : अनुसन्धानको माग गर्र्दै नेपाल आदिवासी जनजाती महासंघ लगायत २ दर्जन बढी संघसंस्था चरणबद्ध आन्दोलनमा उत्रेका छन् । उक्त घटनाको मुद्धामा प्रारम्भिक सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरले चम्फापुरका प्रकाश मल्ललाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने ६ जनालाई धरौटीमा रिहा गरिसिकेकोे छ ।

अदालतको न्यायिक प्रक्रिया चित्त नबुझेको भन्दै महेन्द्रनगरदेखि काठमाण्डौसम्म आन्दोलन गरेका पीडितका समर्थकले आजबाट चक्का जामका कार्यक्रम सार्वजनिक गरेका थिए । उनीहरुलाई जिल्ला प्रहरीकार्यालय कञ्चनपुरमा थुनुवा कोठामा राखिएको छ । प्रहरी आचरण विपरित काम गरेको भन्दै कञ्चनपुर प्रहरी कार्यालयले प्र.ना.नि.१, प्र.स.नि.३, प्र.ह.३ र प्र.ज.१८ गरी जम्मा २५ जना प्रहरी कर्मचारी उपर बिभागीय कारवाही गरेको छ ।

Leave a Reply

Your email address will not be published.