थारु शहिदको अपमान, जीर्ण बन्दै गुम्रा थारुको शालिक

सन्तोष दहित/दाङ।

घोराहीको ट्राफिक चोकदेखि १०० मिटर पश्चिम तुलसीपुर आउने बाटो र राप्ती उपक्षेत्रीय अस्पताल जानेबाटोको बीचमा  एउटा शालिक छ। शालिककको चारैतिरबाट फलामको पर्खाल बनाए पनि हिजोआज उक्त पर्खाल तहसनहस छ। शालिकको चारैतिरबाट इलेक्ट्रोनिक रिक्सा, जिप, ट्याक्सीको पार्किङस्थल बनेको छ। शालिक वरिपरि फलफूल बेच्ने ठेलाको लाम हुन्छ।

शालिकको दक्षिणतिर सानो पोखरी छ। उक्त पोखरी फोहोर फाल्ने ठाउँ बनेको छ। बाटो चौडा बनाउने भनेर केहीदिन अगाडि शालिकको दक्षिणतिर रहेको पिपलको रुख काटेपछि झनै अव्यवस्थित बनेको छ।

शालिक किसान नेता गुम्रा थारुको हो। आम किसानको पक्षमा आवाज उठाइरहेका बेला २०१७ साउन ६ गते गुम्रा थारुलाई तत्कालीन नेपाली कांग्रेसको सरकार भएका बेला गोली हानी हत्या गरेको थियो। त्यही सम्झनामा किसान नेता थारुको शालिक बनाइएको हो।

लक्ष्मीपुर-६, बेलुवा वन्जाडेका थारु लामोसमयसम्म किसानहरुको पक्षमा आन्दोलन गर्दै आएका थिए। त्यतिबेलाका शासकहरुले उनको नेतृत्वमा भइरहेका किसान आन्दोलनलाई निस्तेज बनाउ उनलाई गोली हानी हत्या गरिएको थारु अगुवाहरुले बताउँछन्।

थारुके हत्यापछि उनको पार्टी नेकपा एमालेले सहिद घोषणा गरेको थियो। उनको सम्झानामा त्यतिबेलाका स्थानिय प्रशासन र नेकपा एमालेको सहमतिमा २०५९ साउन ६ गते घोराहीको ट्राफिक चोकमका शालिक अनावरित गरिएको थियो।

अहिले संरक्षणको अभावले उक्त शालिक संकटमा परेको छ। शालिकको संरक्षणमा पार्टी र प्रशासन दुबै गुमनाम बनेका छन्। शालिकलाई बेवास्ता गरेर थारु शहिको अपमान गरेको थारु अगुवा कुलबिर चौधरीले बताए। ‘यो शालिक वरिपरि फोहोर र पार्किङ देखेर मलाई अपमानबोध हुन्छ। यस विषयमा नगरपालिका, ट्राफिक, स्थानीय प्रशासन र सम्बन्धित निकायले सोच्न जरुरी छ,’ उनले भने। थारु समुदायका एक नेताको शालिक भएर प्रशासनले पनि अपमान गरेको उनको भनाई थियो।

 

Leave a Reply

Your email address will not be published.