मधेसी मोर्चाले प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्ने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी आलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको समर्थन गरेको छ । मधेसी मोर्चाको बुधबार बसेको बैठकले संघीय गठवन्धनमा आवद्ध ४२ सभासदको हस्ताक्षर बुझाउने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस र माओवादीले बुधबार नै अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, यो सरकारको पतन अवश्यंभावी थियो, बरु ढीला भयो ।’ मधेसी मोर्चाले सरकारको नेतृत्व गर्ने दलले आफ्ना माग पूरा गर्ने प्रतिवद्धता जनाए संसदमा हुने नयाँ प्रधानमन्त्रीको निर्वाचनमा भाग लिने बताएको छ ।

यादवले पनि मुलुक सरकारविहीन रहन नसक्ने भन्दै आवश्यक परे मतदान गर्ने बताए । तर, भोट हाल्ने नहान्ने भन्दा पनि समस्या समाधान हुन्छ कि हुन्न भन्ने मुख्य कुरा भएको उनले बताए ।

मधेसी मोर्चा तत्काल सरकारमा नजाने भएको छ । संविधान संशोधन गरेर आफ्ना माग पूरा गरेमात्रै सरकारमा जाने उसले बताएको छ ।

Leave a Reply

Your email address will not be published.