खेलौनासँग यौनसुख

यौन जीवनको प्रमुख आवश्यकता मानिन्छ। बढ्दो उमेरसँगै मानिसलाई यसको आवश्यकता पनि पर्दै जान्छ। तर, भनेको बेला यौन पार्टनर नपाउँदा कतिपय मानिस डिप्रेसनको शिकार भएका उदाहरण पनि प्रशस्त छन्। यही कुरालाई मध्यनजर गर्दै एउटा सेक्स डलको विकास भएको छ। जसले तपाईंको यौन चाहनालाई पूरा गर्नेछ। जब तपाईंको मन जाग्छ तब तपाईंको यौन चाहना पूरा गर्न एन्ड्रोइड सेक्स डल सहवासका लागि तयार हुन्छ।

सेक्स डलबाटै यौनसुख पूरा गर्न सकिने भएपछि आगामी दिनमा युवा पुस्तामाझ यसको लोकप्रियता झनै बढ्ने विज्ञहरूले बताएका छन्। उनीहरूले एउटा पुरुष वा महिलालले आफ्नो ‘भर्जिनिटी’ पनि सोही सेक्स डलबाट तोडाउने पनि उल्लेख गरेका छन्।

sex doll 4एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने उक्त सेक्स डल हाल अमेरिका र जापानका बजारमा उपलब्ध छन्। यी यौन रोबट खेलौना बोल्छन् र केही कुरा बुझ्छन् पनि। त्यसैले ती डलले पर्याप्त यौनसुख दिलाउन सक्ने विज्ञहरूको दाबी छ।

महिला सेक्स डलको नाम रोक्सी र पुरुष सेक्स डलको नाम रकी राखिएको छ। यी डललाई निकै कामुक तथा आकर्षक बनाइएको छ। जसले युवाहरू मरिहत्ते गरुन्। विशेषज्ञहरूका अनुसार यस्ता रोबोट सेक्स डलसँगको यौनसम्बन्ध भने निकै घातक हुन सक्छ। रोबटसँग सेक्स गरिसकेपछि मानिससँग सेक्स गर्न निकै कठिनाइ हुने उनीहरूको भनाइ छ।

Young women lying on sofa with blow-up dollसमाजलाई हानिकारक

निकट भविष्यमा किशोरकिशोरी सेक्स डलको लतमा फस्ने विश्लेषकहरू बताउँछन्। जसले समाजलाई नै गलत बाटोमा डोर्‍याउनसक्ने उनीहरूको बुझाइ छ। ‘अगामी दिनमा किशोरकिशोरी तिनै यौन खेलौनाबाट आफ्नो ‘भर्जिनिटी’ तोडाउने छन्,’ सेफिल्ड युनिभर्सिटीका प्रोफेसर नोएल सार्कीले चेतावनी दिँदै भने, ‘यसले पूरा समाजलाई हानि गर्छ।’

उनले अगामी १० वर्षमा यो सामान्य हुने भएकाले यसको प्रयोगमा उमेर हदबन्दी लगाउनुपर्ने बताए। उनले मेसिनसँग सहवास गर्नु समस्या नरहेको तर यो पहिलो पटक हो भने समस्या उत्पन्न हुन सक्ने बताए। ‘समस्या सहवास गर्नुमा होइन, यदि मेसिनसँगको सहवास पहिलो पटक हो भने पछि विपरीत लिंगीसँगको सहवास कस्तो होला,’ उनले प्रश्न गरेका छन्।

सेक्स डलले समाजलाई बर्बाद पार्ने दोहोर्‍याउँदै उनले दाम्पत्य जीवनमा यसले हानि पुर्‍याउनसक्ने उनले बताए।

Blow-up dolls, close-upहालसालै यस्ता चिजबाट यौन सम्पर्क नगर्न चेतावनी दिइएको उल्लेख गर्दै उनले मानव जीवनमा गरिने सहवास र मेसिनसँग गरिने सहवासमा आकाशजमिन फरक रहेको बताए। ‘यो एउटा मेसिन हो। यसले केही समयका लागि आन्नद देला तर यसले यथार्थ जीवन बर्बाद पार्न सक्छ,’ सार्कीले बेलायती पत्रिका मिररसँग भनेका छन्।

आर्टिफिसयल इन्टेलिजेन्स एक्सपर्टका अनुसार भने रोबटसँगको सहवास झनै आरामदायी हुन्छ। लभ वा विवाहको चक्करमा पर्नुभन्दा सेक्स डलसँगको यौन आन्नद लिन ती एक्सर्टले सुझाए। महिला र पुरुषका लागि बनाइएको उक्त डल मानवका लागि पनि उपयोगी ती एक्सपर्टको दाबी छ।

१८(३४ वर्ष उमेरका महिला–पुरुषबीच गरिएको एक सर्वेक्षणले भने यौन खेलौना वास्तविक जीवनमा आधारित हुनुपर्ने बताएको छ। सर्वेक्षणमा उक्त डल मानवजस्तै हुनुपर्ने जिकिर गरेको छ। ‘हाम्रो शरीर, हाम्रो पहिचान र हाम्रो सोचाइ उक्त मेसिनसँग मिल्न आवश्यक छ,’ सेक्स डल निर्माण कम्पनीका को फाउन्डर घिस्लाइने बोडिग्टनले भनेका छन्।

Leave a Reply

Your email address will not be published.