राष्ट्रसंघको स्थायी मञ्चको विज्ञ सदस्यमा फुलमान चौधरी

कञ्चनपुर निवासी फूलमान चौधरी संयुक्त राष्ट्रसंघको स्थायी मञ्चमा विज्ञ सदस्यको रुपमा तीन वर्षका लागि निर्वाचित भएका छन्। चौधरी सन् २०१७ देखि २०१९ सम्म राष्ट्रसंघको विज्ञ सदस्य भएर आदिवासी जनजातिको मानवाधिकारका सवालमा राष्ट्रसंघसँग समन्वय गर्नेछन्।

एसिया क्षेत्रका लागि जिम्मेवारी पाएका चौधरीलेलाई ८ मा हुन गइरहेको जेनेभा सभामा आदिबासी जनजातिको मानवाधिकार र राष्ट्रियताका विषयमा जानकारी गराउने बताइएको छ। त्यसको तयारीका लागि चौधरीले आउने शनिबार ११ गते काठमाडौंमा आदिबासी जनजाति तथा थारु विज्ञहरुसँग सवालको विषयमा छलफल गर्ने तयारी गरेका छन्।

‘नागरिक समाज संस्थाको सिफारिसअनुसार म राष्ट्रसंघको विज्ञ सदस्यकोरुपमा एसियाबाट छनौट भएको हुँ, जिम्मेवारीलाई सकेसम्म निभाउने प्रयास गर्छु,’ उनले भने। चौधरीले निवेदन दिएको आधारमा प्रतिस्पर्धाबाट छनौट भएको बताए। राष्ट्रसंघले पाँचवटा महादेशको प्रतिनिधित्व रहनेगरी विज्ञ सदस्य राख्ने गर्छ।

राष्ट्रसंघको इकोनोमिक्स एण्ड सोसल काउन्सिलका अध्यक्षले ती विज्ञ सदस्यहरुको नियुक्त गर्ने गर्छ। यसमा विभिन्न ठाउँबाट गरी १६ जना विज्ञ सदस्य रहने व्यवस्था छ। आदिबासी जनजाति र यहाँको मानवाधिकारको सबालको विषयमा अध्ययन तथा जानकारी गराउने जिम्मेवारी आफूलाई रहेको चौधरीले बताए।

Leave a Reply

Your email address will not be published.