महाधिवेशन मिति तोक्न थारु विद्यार्थीको केन्द्रीय भेला गर्ने निर्णय

थारु विद्यार्थी समाजले केन्द्रीय भेला असार १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। समाजको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। भेला तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा भेला मूल आयोजक समिति गठन गरिएको समाजका महासचिव चन्द्रप्रसाद चौधरीले जानकारी दिए।  भेलाले समाजको आगामी महाधिवेशनबारेको मिति र स्थान तय गर्ने चौधरीले बताए। 

निकै विवादित छबि बनाएको थारु विद्यार्थी समाजको केन्द्रीय अधिवेशन पोहोर साल चित्तवनमा भएको थियो। तर कार्यसमिति चयन गर्न नसकी स्थगित भएको थियो। सोपछि अधिवेशनको तयारी समाजले गर्न सकेको छैन। समाजको केन्द्रीय नेतृत्व नै विभाजित भएपछि त्यसको असर उपत्यकाको अधिवेशन तथा क्याम्पस इकाइ कमिटीमा समेत देखिने गरेको छ।

बैठकले भेलाको आर्थिक व्यवस्थापन तथा प्रचार प्रसारको जिम्मेवारी महासचिव चौधरीलाई दिएको छ  यसपालि तोकिने अधिवेशनको मिति र सो अधिवेशनले नै विवादरहित ढंगले नयाँ कार्यसमिति चयन गर्ने विश्वास महासचिव चौधरीले बताए।

Leave a Reply

Your email address will not be published.