फेसबुकले प्रयोगकर्ताको प्रोफाइल फोटो हटाउँदै

फेसबुकले प्रयोगकर्ताको प्रोफाइलमा रहेका फोटो, सेक्रेट फोटोको एल्बम र क्यामेरासँग सिन्क्रोनाइज्ड भएका फोटोहरूलाई चाँडै हटाउने भएको छ। फेसबुकले प्राइभेट सिन्क वा सिन्क फ्रम फोनवाला सबै फोटो डिलिट गर्ने बताएको छ।

पुरानो प्रविधिलाई हटाउँदै नयाँ प्रविधिमा रूपान्तरण गर्ने योजनाको कार्यान्वयन गर्न फेसबुकले यस्तो परिवर्तन गर्न लागेको जनाएको छ। सन् २०१२ मा फेसबुकले नयाँ फिचरका रूपमा अप्सनल फोटो सिन्क अप्सन ल्याएको थियो। जसका कारणले तपाईंको फोनबाट सबै फोटो फेसबुकको सर्भरमा आफैँ अपलोड हुन्थे। यसले फोटो सेयर गर्न सजिलो हुने गरेको थियो।

तपाईंले ती फोटो बचाउनका लागि मोमेन्ट नाम गरेको एपडाउनलोड गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताले एपस्टोर वा प्लेस्टोरमा गएर एप डाउनलोड गरेर फेसबुकमा भएका फोटोलाई सिन्क गरेर बचाउन सक्ने जनाएको छ।

विश्वभर स्मार्टफोन र स्मार्ट डिभाइसका प्रयोगकर्ता बढेकाले फेसबुकले मोमेन्ट एप डाउनलोडलाई अझ धेरै प्रयोगमा ल्याउन यस्तो गरेको जनाएको छ।

सिन्क भएका कुनै पनि फोटो डिलिट भए वा हराएमा कम्पनी जिम्मेवार नहुने बताएको छ। उसले आगामी जुलाई ७ भन्दा अगाडि नै सबै फोटो कपी गरेर राख्न वा मोमेन्ट एप डाउनलोड गरेर ट्रान्सफर गर्न अनुरोध गरेको छ। यो एप मोबाइल र कम्प्युटरमा डाउनलोड गर्न मिल्छ।

फेसबुकले फोटोमात्र राख्नका लागि सन् २०१५ को जुनमा एप ल्याएको थियो। यो एपले तपाईंले कुन ठाँउमा फोटो खिचेको र को साथीसँग फोटो लिएको सबै जानकारी राख्छ। यो एपबाट फेसबुकमा भएका साथीहरूलाई सीधै फोटो पठाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published.