पत्थर बन्दै मान्छे

अनौठो रोगबाट पीडित छन् रमेश दर्जी। उनको शरीर पत्थरमा बदलिइरहेको छ। उनका आमाबुबा असाध्यै दुःखी छन्। बाग्लुङ घर भएका उनको अहिले उपचार भइरहेको छ।

रमेशका बाबु नन्दले ‘डेली मेल’ लाई बताएअनुसार जन्मेको १५ दिनपछि नै उनको छाला कालो हुन थाल्यो। ‘छोरालाई यो के भयो भनेर हामी आत्तियौँ,’ नन्दले डेली मेलसँग भने, ‘उसलाई बाग्लुङकै एक डाक्टरकहाँ लिएर गयौँ।’ डाक्टरले रमेशलाई फंगल इन्फेक्सन भएको बताए। उनी पाँच वर्षको भएपछि उनलाई साह्रै पीडा हुन थाल्यो। उनलाई ‘इच्थ्योसिस’ नामक रोग लागेको हो।

रमेशका बाबु नन्द ज्याला–मजदुरी गरेर घर चलाउँछन्। छोराको उपचार खर्च जुटाउन सम्भव थिएन। गायक सञ्जय श्रेष्ठले रमेशको एउटा भिडियो सोसल साइटमा अपलोड गरिदिए र सहयोगको अपिल गरे। ब्रिटिस गायक जोस स्टोनसम्म यो सन्देश पुग्यो। उनको फाउन्डेसनले काठमाडौँमा कन्सर्ट गरायो। यसबाट १ लाख ३३ हजार रुपैयाँ उठ्यो। अहिले रमेशको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published.