इंग्ल्यान्ड अन्तिम समयमा चुक्यो, रसियासँग बराबरी

युरोकप २०१६ अन्तर्गत समूह बी दास्रो खेलमा इंग्ल्यान्ड र रसियाले अंक बाँडेका छन्। खेल १—१ को बराबरीमा टुंगिएपछि दुई टोलीले एक—एक अंक बाँडेका हुन्। अन्तिम समयमा सम्हालीन नसक्दा इंग्ल्याण्ड रसियासँग अंक बाँड्न बाध्य भयो।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफको ७३ औं मिनेटमा एरिक डियरले गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए। खेलको अतिरित्त समयको दोस्रो मिनेटमा रसियाका भासाली बेरोजेस्किले हेडमार्फत उत्कुष्ट गोल गर्दै आफ्नो टोलिको हार टारेको थिए।

खेल अबधिभर बल आफ्नो नियन्त्रणमा राख्ने इङल्याण्डको प्रयासलाई रसियन गोलकिपर एडम लेलानले विफल पारेका थिए।

तीन अंक सहित वेल्स समुहको शिर्ष स्थनामा रहदाँ इङल्याण्ड र रसिया समन एक एक अंक सिहत दोस्रो र तेस्रो स्थानमा छन्।

दुई मुलुकका फुटबल समर्थकहरुबीच खेल सुरु हुनुभन्दा अगाडि र पछाडि हिंसात्मक झडप भएको थियो। फुटबलमा हिंसाको कुनै स्थान नभएको युएफएले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published.