राजधानीमा थारु चलचित्र महोत्सव हुने

राजधानीमा थारु चलचित्र महोत्सव हुने भएको छ। थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा जेठ २९ गते जमलस्थित राष्ट्रिय नाचघरमा दोस्रो थारुचलचित्र महोत्सव हुने संघका उपाध्यक्षमा रामलाल चौधरीले जानकारी दिए।

चलचित्र विकास बोर्डको सहआयोजनामा हुने महोत्सवमा थारु चलचित्रलाई प्रदर्शन हुनेछ। महोत्सवमा प्रथम थारु फिल्म करम पनि प्रदर्शन हुने आयोजकले जनाएको छ। कार्यक्रममा लोक तथा आधुनिक नृत्यसमेत प्रस्तुत गरिने चौधरीले जानकारी दिए।

महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ।

Leave a Reply

Your email address will not be published.