‘सिकलसेल जाँच्ने मेसिन धानको भकारी हो र ? ‘घ्वास्सा’ निकालेर दिन सक्छु’

लखन चौधरी/धनगढी।

स्वास्थ्य मन्त्री रामजनम चौधरीले चालु आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग परिक्षणको लागि प्रयोग हने ‘एचवि इलेक्ट्रोफोरोसी’ मेसिन जडान हुन नसक्ने संकेत गरेका छन् ।

मन्त्री चौधरीले विभिन्न प्राविधिक जटिलताका कारण चालु आर्थिक वर्ष भित्र मेसिन उपलब्ध गराउँन नसकिने संकेत व्यक्त गरेका हुन् । उनले अगाडी भने–“मेसिन कुनै भकारीको धान होइन, जब चाहियो तब ‘घ्वास’ लिकालेर दिन मिलोस् ।”

टेण्डर प्रक्रियामा समय लाग्ने हुनाले चालु आर्थिक वर्षभित्र मेसिन पु¥याउन सकिने सम्भावना न्यून देखिएको बताए । तर छिट्टै धनगढी र नेपालगञ्जमा रोग परिक्षणको लागि चाहिने मेसिन उपलब्ध गराउँने उनले आश्वासन व्यक्त गरे ।

स्वास्थ्य मन्त्रीको पद वहाली लगत्तै मन्त्री चौधरी सेती अञ्चल अस्पतालस्थित आइसियु कक्षको उद्घाटन गर्न आएका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सकभर माघ÷फागुनमै नभए चालु आर्थिक वर्षभित्र अञ्चल अस्पताललाई मेसिन उपलब्ध गराउँने प्रतिवद्धता जनाएका थिए ।

मन्त्रीको पछिल्लो भनाईले सवै पक्षलाई निराश बनाएको । सेती अञ्चल अस्पतालमा सिकलसेल रोगको औषधोपचारमा क्रियाशिल चिकित्सकहरुले अझैसम्म मेसिन नपुगेपछि निराश हुनका साथै अलमलमा परेका छन् ।

रोग परिक्षणको लागि रगतको नमुना काठमाण्डौं पठाउँदै आएको बताउँदै अस्पतालकी सिकलसेल स्रोत व्यक्ति याशोदा ढकालले अझैसम्म आशामै बसेको बताइन् । तर आर्थिक वर्ष सकिनै लाग्दा अब मेसिन जडान हुदैन कि भन्ने शंका लागेको बताइन् । ‘मन्त्री जी पटक–पटक हामीलाई आश्वासन दिदै आउनुभएको थियो, त्यही अनुसार हामीले पनि सेवाग्राहीहरुलाई आश्वस्त पार्दै आएका थियौ ।’

यो पनि पढ्नुस्:

स्वास्थ्यमन्त्रीलाई जिल्लाबासीले भने- ‘आश्वासन होइन, सिकलसेल परीक्षण गर्ने मेसिन पठाउ’

Leave a Reply

Your email address will not be published.