हावाहुरीले कैलालीमा दुईजनाको मृत्यु, जनजीवन प्रभावित

बिहीबार राति ८ बजेको समयमा आएको तीव्र गतिको आँधी हुरीले कैलालीसहित सुदूरपश्चिमको अवस्था तहसनहस भई जनजीवन प्रभावित बनेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश डाँगीका अनुसार आज विहान ६ बजेसम्मको अपडेट अनुसार २ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् ।

मृत्यु हुुनेमा टीकापुर नगरपालिका–२ का लहानु चौधरी रहेका छन् । उडेर आएको घरको जस्तापाता लाग्दा उनको मृत्यु भएको हो । त्यस्तै, आँधी हुरीकै क्रममा अनियन्त्रित भई टिप्पर र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–८ मा बा ३ प ३८३६ नम्बरको टिप्पर र से १ प ५८२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरी निरिक्षक डाँगीले बताए । तर यो घटनालाइै सडक दुर्घटनाको रुपमा लिइने उनको भनाई छ ।

त्यस्तै, आँधी हुरीकै कारण कम्तीमा सय जनाभन्दा धेरै घाइते भएका छन्। गम्भीर घाइते हुनेमा गोदावरी नगरपालिका–२ का जनक मल्ल, उनको छोरा गौतम मल्ल गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि भारत रेफर गरिएएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका–१२ की सरीता जोशी र धनगढी उपमहानगरपालिका–२ की शिवचना चौधरी गम्भीर घाइते बनेकी छिन् । उनीहरुको उपचार सेती अञ्चल अस्पताल धनगढीमा भैरहेको प्रहरी निरिक्षक डाँगीले जनाए ।

यो क्षेत्रको विधुत सेवा राती ८ बजेदेखि नै अवरुद्ध भएको छ । विभिन्न क्षेत्रमा विद्युतका पोलहरु ढल्न गई अवरुद्ध भएको जनाइएको छ । अधिकांशका घरका छाना उडेका छन् भने वनजंगलमा रुखहरु सोत्तर परेका छन् ।

Leave a Reply

Your email address will not be published.