तीन दलले बोलाए वार्तामा बस्छौं : लक्ष्मणलाल कर्ण

सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस, एमाले र माओवादीले संयुक्त आह्वान गरे मात्र वार्तामा बस्ने बताएका छन्। उनले संघीय गठबन्धन अहिले पनि आन्दोलनमै रहेको उल्लेख गर्दै आफ्ना जायज माग सम्बोधन गरेर प्रमुख तीन दलले आह्वान गरे वार्तामा बस्ने बताए। उनले थपे, ‘जब हामी आन्दोलनमा होमिन्छौं, सरकारले वार्ताको नाटक मञ्चन गर्छ, यो हामीलाई स्वीकार्य छैन।’
कर्णले मधेस आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, मानवअधिकारको चरम उल्लंघन भएकाले सत्यतथ्य छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत माग पूरा हुनुपर्ने जिकिर गरे। कांग्रेस, एमाले र माओवादीले संयुक्त पहल नगरेसम्म वार्ताबाट ठोस समाधान नहुने दाबीसमेत उनले गरे।

Leave a Reply

Your email address will not be published.