राजीनामा माग्नेहरुलाई धनिरामको जवाफ- पहिले पक्राउ परेकाहरुलाई निकालौं [अडियाे सुन्नुस्]

थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले आफू लुकेर आन्दोलन तुहाउन खोजेको आरोपलाई खण्डन गरेका छन् । राजधानीमा आयोजित समितिको दुई दिने भेलाको अन्तिम दिन बोल्दै संयोजक चौधरीले भने– केही मान्छेहरुले मलाई कि आन्दोलन गर कि राजीनामा देऊ भनिरहेका छन् । के म चुप लागेर बसेको छु ?
उनले प्रचण्ड पनि लुकेर आन्दोलन गरेको स्मरण गराउँदै आफू पनि आन्दोलन गरिरहेको स्पष्ट पारे । उनले सरकारसँग थारुहरुले आफ्ना माग प्रस्तुत गरकै अवस्थामा चुप लागेर बसेको भन्न नमिल्ने बताए ।

उनले टीकापुर घटनामा पक्राउ परेकाहरुलाई त निकाल्न नसकेको अवस्थामा आफूलाई पनि पक्राउ गरे कसले छुटाउने बताए । ‘पक्राउ परेकाहरुलाई निकाल्न सकेका छैनौं । केही गरी मलाई नि पक्रिए नयाँ संयोजक आउँला । तिनले हामीलाई निकाल्न सक्छ भन्ने केही आधार छ ?,’ उनको प्रश्न थियो ।

उनले आफूहरुको आन्दोलन भने जारी रहने बताए । त्यसका लागि सबै पक्षहरु एक ठाउँमा आउनुपर्ने बताए । उनले यो समितिका सबैको भएको र यसको संरक्षक थारु कल्याणकारिणी सभा रहेको समेत बताए । ‘अहिलेसम्म थारु कल्याण कारिणी सभाले आन्दोलनको नेतृत्व गर्दै आएको छ । सबै पक्षलाई स्वागत छ तर यहाँ पार्टीको विचार सिद्धान्तलाई उतै राखेर आउनुहोला,’ संयोजक चौधरीले भने ।

अडियोमा सुन्नुस्

Leave a Reply

Your email address will not be published.