भारतीय उर्जा मन्त्री भन्छन्ः नेपालसँग सम्बन्ध सुधार्न चाहन्छौ

भारतका ऊर्जा मन्त्री पियुष गोयलले भारत नेपालसँगको सम्बन्ध सुधार गर्न इच्छुक रहेको बताएका छन् । आइतबार दिल्लीमा नेपाली पत्रकारहरूसँग मन्त्रालयमै करिब २ घन्टा अन्तरक्रियामा सामेल भएका उनले सम्बन्ध सुधारको पक्षमा आफूहरु रहेको बताएक  छन् ।

पत्रकार भेटघाटका क्रममा उनी भारत नेपालसँगको सम्बन्ध सुधारको पक्षमा रहेको स्पष्टै देखिन्थ्यो । भाजपाका प्रभावशाली नेतामध्येका एक गोयलले पटक/पटक नेपाल भारत बिग ब्रदर नभएर इक्वेल ब्रदर रहेको, नेपालको सार्वभौमिकतामा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारत साथ रहेको अनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रतिको सद्भाव कायमै रहेको बताए ।

यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजाले नेपाल भारतको इल्डर ब्रदर रहको बताएकी थिइन् भने मोदी सरकारका अर्का मन्त्रीले इक्केल ब्रदर भनेका छन् ।

पछिल्ला दिनमा नेपाल र भारतबीच सम्बन्धमा दरार आएको घुमाउरो ढंगले स्वीकार गरेको गोयलले त्यो अस्थायी सेटव्याकबाट दुवै देश अघि बढ्नुपर्ने बताए । उनले प्रधानमन्त्री मोदीले पनि नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको र सम्बन्ध सुधार गर्न चाहेको बताएका हुन् ।

– नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published.