सिंहदरबार घेर्नेलाई प्रधानमन्त्रीकाे प्रश्न- यो के तमासा हाे ?

प्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनले सिंहदरबार घेराउको आन्दोलन नरोके बल प्रयोग गर्ने संकेत गरेका छन्। मदन भण्डारी र जीवराज आश्रितको २३ औं स्मृतिमा नेकपा एमालेले गरेको कार्यक्रममा उनले सिंहदरबार घेराउलाई तमासा भन्दै धेरै दिन हुन नदिने बताएका हुन्।

‘शान्तिपूर्ण ढंगले गर्न पाउनुहुन्छ गर्नुस् तर तोडफोड नगर्नुस्, तोडफोड, हिंसा र झडपतर्फ लैजाने प्रयास भएको मैले देखेको छु त्यो नगर्नुस्’ उनले भने ‘सडकमा उभिने हक छ। तर मन लाग्यो भनेर दुई चार जना मान्छे आयो ट्राफिक जाम गर्‍यो। यो तमासा धेरै चल्दैन।’

मधेसमा आन्दोलनरत दलहरुले आइतबारदेखि सिंहदरबार घेराउ गर्न थालेपछि प्रधानमन्त्रीले यस्तो अभिब्यक्ति दिएका हुन्। पहिले मधेसमा आन्दोलन गरेकाहरुलाई त्यहाँका जनताले बहिस्कार गरेपछि काठमाडौं आएका ओलीले आरोप लगाए।

उनले जायज माग भए लिएर आउन आग्रह गर्दै सरकार समाधान गर्न तयार रहेको बताए। ‘जायज कुरा रहेछन् भने मान्ने नि किन नमान्ने? प्रधानमन्त्रीले प्रश्न गरे ‘देशको हितको पक्षमा, जनताको हितको पक्षमा कुनै कुरा छ भने मान्ने। जायज कुरा छन् भने किन कुरा गर्न आउन नसक्ने?’

Leave a Reply

Your email address will not be published.