थारूकाे मसाल जुलुसमा प्रहरी हस्तक्षेप

कारी महताे/चितवन।

थारु कल्याणकारिणी सभा (थाकस) लगायतको थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको जेठ २ गतेको थरुहट तराई बन्दको पूर्व सन्ध्यामा चितवनको माडी नगरपालिकाको मुख्य बजार वसन्तपुरको पुलचोकदेखि दिवाकर चोकसम्मा मशाल जुलुश सम्पन्न भएको छ ।

प्रहरीले हस्तक्षेप गरी मशाल खोसेर निभाउन खोजे पनि मशाल जुलुस सम्पन्न भएको कुरा माडीबाट कृष्ण महतोले थारु पत्रकार संघ चितवनलाई जानकारी दिए । मशाल जुलुशको कोण सभामा थाकसका केन्द्रिय पार्सद कृष्ण महतो र क्षेत्रीय सचिव धनेश्वर महतोले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा वक्तहरुले प्रहरी हस्तक्षेपको भत् र्सना गरेको छ ।

Leave a Reply

Your email address will not be published.