संघीय गठबन्धनकाे उद्घाेष- बालुवाटारामा सुत्ने जो कसैलाई रजाइँ गर्न दिन्नौं

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सङ्घीय गठबन्धनले संविधानमा मधेसी, थारु, अल्पसङ्ख्यक, मुस्लिमलगायतका मागलाई नसमेटेको भन्दै विरोध प्रदर्शन गरेको छ । गठबन्धनमा आबद्ध विभिन्न राजनीतिक दलका नेताको अगुवाइमा आज शान्तिवाटिकादेखि पुरानो बसपार्क, सहिदगेट, इन्द्रचोक, नयाँसडक, विशालबजार, असन, ठमेल हुँदै सञ्चयकोष अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

Sanghiya Aandolan 02

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं २९ दलीय संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले आन्दोलनलाई बलियो अन्तर्राष्ट्रिय समर्थन रहेको दाबी गरेका छन् । जारी आन्दोलनमा अमेरिका, बेलायत, भारत, युरोपियन युनियन र विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठनहरुले संविधान संशोधन गर्न यसअघिनै सरकारलाई सुझाव दिइसकेको उदाहरण दिँदै यादवले अन्तर्राष्ट्रिय समर्थनलाई बेवास्ता गर्ने हैसियतमा सरकार नरहेको दाबी गरे । काठमाडौंको व्यस्त पर्यटकीय स्थल ठमेलमा शनिबार गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै यादवले भने, ‘जनताको यो आन्दोलनलाई विश्व समुदायको बलियो समर्थन छ । यसले हामीमा उर्जा थपेको छ ।’
Sanghiya Aandolan 01
उत्पीडित समुदायको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरी सरकारले मुलुकमा उल्टै राज्य आतंक र हत्याहिंशा मच्चाएको यादवले आरोप लगाए । ‘सरकारलाई लाग्दो होला विश्व समुदाय आन्दोलनबारे बेखबर छ, तर, सरकारको दमनकारी कदम र बदमासी बारे अन्तर्राष्ट्रिय समुदाय नजिकबाट नियालिरहेका छन्’– यादवले भने । सरकारको हरेक दमनकारी कार्यको स्वतन्त्र रुपमा न्यायिक छानबीन हुने यादवले बताए । गठबन्धनका संयोजकक समेत रहेका अध्यक्ष यादवले संविधान पुनर्लेखन नभए सिंहदरबार र वालुवाटारको पर्खाल भत्काउने चेतावनी दिएका छन् । आन्दोलन शान्तिपूर्ण हुने दाबी गर्दै अध्यक्ष यादवले जनताको जायज मागलाई बेवास्ता गर्दै सिंहदरबार र वालुवाटारमा सुतेर नबस्न सरकारलाई चेतावनी दिए । ‘जनताको मागलाई बेवास्ता गर्दै बालुवाटारामा सुत्ने जो कसैलाई पनि रजाइँ गर्न दिन्नौं ।’

Sanghiya Aandolan 04सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसमा गरेको आन्दोलनको सुनुवाइ नभएकाले राजधानी केन्द्रित आन्दोलन गर्न लागेको स्पष्ट पार्नुभयो । उहाँले मोर्चालाई बेवास्ता गरेर अघि बढे देश दुर्घटनातर्फ जान सक्ने बताए ।

झाले सबैको असन्तुष्टिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पुर्याउन गठबन्धन बनाएर आन्दोलनमा लागेको उल्लेख गर्नुभयो । आदिवासी जनजाति, मधेसी, थारु, खस, दलित, मुस्लिम, पिछडा वर्गलगायत सबै उत्पीडित समुदायको सङ्घर्षपछि पनि सरकारले कुनै सुनुवाइ नगर्दा थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । गठबन्धनमा २९ दल सहभागी छन् ।

Sanghiya Aandolan 03

यसैबीच, आइतबार २७ दलीय मोर्चाको आन्दोलनको कार्यक्रमका लागि तयार गर्दै गरेको अवस्थामा शान्तिनगरस्थित खालीचौरबाट बाँसका करिब दुईसय लाठी प्रहरीले नियन्त्रणमा लिएको छ ।

लाठी बनाउने व्यक्ति भने फरार भएकाले खोजी भइरहेको छ प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.