गच्छदार पार्टीका चार केन्द्रीय नेताद्धारा पार्टी परित्याग

Vijay Gachhadar 01महाधिवेशनको तयारीमा रहेको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का चार जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यसहित धनुषा जिल्ला कार्यसमितिका पदाधिकारीलगायत २९ जनाले संयुक्त रुपमा पार्टी परित्याग गरेको जनाएका छन् ।

मधेश आन्दोलनमा जनताको चाहना विपरित काम गर्दै आएकोले पार्टी परित्याग गरेको उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धनुषाका सहसचिव कुमोद प्रसाद साहद्वारा जारी विज्ञप्ती अनुसार पार्टीका केन्द्रिय अध्यक्ष विजय कुमार गच्छदारलाई मधेशी जनताको विपरित नजान पटक पटक जानकारी तथा अल्टीमेट दिदा पनि सुनवाई नगरेको र केन्द्रिय कार्यसमितिको सल्लाह सुझाव विना सत्ताको लोभमा सरकारमा गएकोले पाटी परितयाग गरिएको छ ।

पार्टी परित्याग गर्ने केन्द्रीय सदस्यहरुमा इ.कृष्ण प्रसाद साह, देवेन्द्र यादव, उर्मिला महतो, मनोज कुमार मण्डल छन् । त्यस्तै धनुषाका जिल्ला उपाध्यक्ष विरेन्द्र यादव, जिल्ला कोषाध्यक्ष चन्द्रदिप गोइत यादव, सहसचिव त्रय रामपुकार महतो, सुनिल कुमार यादव र कुमोद प्रसाद साहले संयुक्त रुपमा पार्टी परित्याग गरेको जनाएका छन् ।

अन्य पार्टी परित्याग गर्नेहरुमा धनुषा कार्यसमितिका १३ जना, एक जना सल्लाहकार, ६ वटै क्षेत्रका क्षेत्रिय अध्यक्षलगायतका छन् ।

Leave a Reply

Your email address will not be published.