एमाले नेता भन्छन्- ‘आन्दोलनको कुनै अर्थ र औचित्य छैन’

yogesh-bhattaraiनेकपा एमालेका नेता योगेश भट्टराईले संविधान कार्यान्वयन र राष्ट्रिय एकता बलियो बनाउन नेपाली कांग्रेस सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

प्रेस चौतारी नेपाल, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘संविधान कार्यान्वयनमा नेपाली काँग्रेस बाधक होइन, साधक नै हो, यदि प्रतिपक्षीमा रहेर पनि उसको सरकारलाई सहयोग रहन्छ भने पनि त्यसलाई अन्यथा लिनु हुँदैन ।’

लोकतन्त्रलाई बलियो बनाई सरकारको सेवा प्रवाह जनताको घरदैलोसम्म पुर्याउन स्थानीय निकायको निर्वाचन अपरिहार्य भइसकेको भन्दै उनले प्रदेशको निर्वाचन र संसदीय निर्वाचनको तयारी पनि सरकारले छिट्टै गर्नुपर्नेमा जोड दिए ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा नेता भट्टराईले भने, ‘अब मधेस आन्दोलनको कुनै अर्थ र औचित्य छैन, आन्दोलनले उठान गरेका सबैजसो जायज माग पूरा भइसकेको छ, केही छुटेका छन् भने पनि सहमतिको आधारमा संविधान संशोधनबाट पूरा गर्न सकिन्छ ।’

One thought on “एमाले नेता भन्छन्- ‘आन्दोलनको कुनै अर्थ र औचित्य छैन’

  1. तेलारमेलार मुहार तोर, गोहर गोहर छाला बा
    बाहर जबरै मुस्कान देठे, दिल बरा काला बा
    अरे मुहसे सकहुन राम राम कहटी नेङ्गुइया
    आगे चमचम छुरीया काहे, पाछे काहे भाला बा ?

Leave a Reply

Your email address will not be published.