आन्दोलनमा सुरक्षा निकायको बल प्रयोग जायज थियो : गृहमन्त्री

Shakti Basne

गृह मन्त्री शक्ति बस्नेतले मधेस आन्दोलनमा सुरक्षाकर्मीबाट बल प्रयोग भएको घटना समयसापेक्ष भएको बताएका छन्। उनले सुरक्षाकर्मीबाट बल प्रयोग नगरेको भए देशको माहौल अहिलेजस्तो सहज नहुने बताए। 

बाराको पथलैयामा बिहीबार आयोजित विशेष क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्। उनले आन्दोलनमा सुरक्षा निकायले स्रहानीय काम गरेको बताए।

उग्र बनेको मधेस आन्दोलनलाई अराजक हुनबाट बचाउन गृह प्रशासन सफल भएको जस पनि उनले लिए। कसैले चाहँदैमा आन्दोलन हुन नसक्ने भन्दै उनले आन्दोलन चर्काउने तयारीमा रहेका मधेसवादी दललाई वार्तामा आउन आग्रह गरे।

कार्यक्रममा गृह सचिव नारायण गोपाल मलेगो, नेपाल प्रहरीका प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्याल लगायत सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।

Leave a Reply

Your email address will not be published.