सवारी दुर्घटनामा निरञ्जन चौधरीसहित दुईको मृत्यु

Accident1पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्किबास ५, ज्यामिरेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट आउँदै गरेको लु १ ख ७८४५ नम्बरको ट्रकको ठक्करबाट दुई जनाको घटना स्थलमै ज्यान गएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एच आर ३८ आर ४४४८ नम्बरको भारतीय ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ८४ नम्बरको ट्रक एकआपसमा ठक्कर खादा कुनै मानवीय क्षति नभएपनि घटनाको अबस्था बुझ्न ट्रकबाट बाहिर निस्कएका ना ५ ख ८४ नम्बरको ट्रक चालक र सहचालकलाई पश्चिम बाट आउदै गरेको अर्को लु १ ख ७८४५ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

ठक्करबाट ना ५ ख ८४ नम्बरका ट्रक चालक बाँके शम्शेरगञ्ज ८ निवासी ४२ बर्षीय काजु विष्ट र सहचालक दाङ अम्लिया निवासी १८ बर्षीय निरञ्जन चौधरीको ज्यान गएको हो । भारतीय ट्रक चालक फरार रहेका छन्। अन्य चालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ । शव पोष्टमार्टमका लागि चोरमारामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.