थारु महिलाले यसरी मनाए चिरै भजहर [फोटो फिचर]

Tharu Woman Festive- Chirai Bhajahar 01कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास गर्दै आएका आदिवासी थारू, रानाथारू र कठरियाथारू समुदायले भव्यतापूर्वक चिरै भजहर पर्व मनाएका छन् । नारी स्वतन्त्रता र रोग प्रतिरोधी पर्वको रुपमा मनाइने प्रचलन रहेको आदिवासी थारू समुदायका महिलाहरुले परम्परागत विभिन्न कार्यक्रम गरी हर्षोल्लासपूर्वक चिरै/चरै भजहर पर्व मनाएका हुन् । बैशाखको टन्टलापुर घामको पनि वेवास्ता गरी परम्परागत लेहंगा र चोलिया पोशाकमै सजिएर रमाएका थिए ।

Tharu Woman Festive- Chirai Bhajahar 03धनगढीस्थित थारू छात्राबासमा थारू गुरुवा (वैद्य) ले विधिपूर्वक पूजाआजा गरिसकेपछि सुरु भएको चिरै भजहरको क्रममा अति नै व्यस्त मानिएको धनगढी–फूलवारी सडक खण्ड अन्तरगत मोती चौकमा थारू युवतीहरुले करिब आघा घण्टा बाटो नै अवरुद्ध पारेका थिए । जुन दृष्य हेर्न लायक रहेको थियो । उनीहरुले हातको साँग्लो बनाई बाटो अवरुद्ध पारी बटुवाहरुबाट सक्दो सहयोग रकम पनि संकलन गरेका थिए । तर कसैलाई पनि अप्ठेरोमा पारेर सहयोग रकम नलिएको आयोजक सखी सञ्जालकी अध्यक्ष इन्दु चौधरीले बताइन् । बाटो छेक्ने कार्य आफुहरुको परम्परागत कार्य रहेको पनि उनको भनाई छ ।

Tharu Woman Festive- Chirai Bhajahar 02

करिब आधा घण्टाको बाटो छेक्ने कार्य सकिएपछि उनीहरु धनगढीको व्यस्त सडकमा लामवद्ध भै छिचोलेर करिब आधा घण्टाको पैदल यात्रा गरी औपचारिक कार्यक्रम स्थल रहेको जिल्ला विकास समिति कैलाली पुगे । अनि सुरु भयो विभिन्न पौराणिक खेलहरु । युवतीहरुले कन्कुटुस, कुइली दिदी, ढुढुक पाचाक, कौरीनुकावर, छुरलगायत पौराणिक खेल संगै विभिन्न गीतबासमा रमाएका थिए ।

Tharu Woman Festive- Chirai Bhajahar 05

विभिन्न अनौपचारिक कार्यक्रम लगत्तै सखी सञ्जाल कैलाली अध्यक्ष इन्दु चौधरीको सभापतित्वमा सुरु भएको औपचारिक कार्यक्रमकी प्रमुख अतिथि तथा पूर्व सभासद मालामति राना रहेकी थिइन । उनले कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी थारू समुदायको पहिचान र हक अधिकारवारे राज्य वेखबर भएको तर्क गरिन् । थरुहट आन्दोलनको एक घटक रानाथारू संयुक्त संघर्ष समिति कैलाली संयोजक समेत रहेकी रानाले कैलाली–कञ्चनपुरसहितको थारू बाहुल्य भुगोगको एक प्रदेश नबनाएसम्म कुनै पनि अधिकारको सुनिश्चिता नहुने ठोकुवा गर्दै आन्दोलनको विकल्प नैरहेको बताइन् । साथै चिरै भजहर पर्वमा स्थानीय विदाको व्यवस्था हुनु पर्ने पनि उनको जोड थियो ।

Tharu Woman Festive- Chirai Bhajahar 04

औपचारिक कार्यक्रम समापन लगत्तै चिरै भजहरको परम्परागत औपचारिक पनि अनौठो ढंगले गरिएको थियो । थारू गुरुवाले जिल्ला विकास समितिको मुल गेटमा आगो आगो बालेर पूजा गरी सकेपछि सहभागी सवैले पालैपालो उक्त आगोलाई नाघेर आफ्नो घर तर्फ प्रस्थान गरेका थिए । यसरी आगो नाघ्दाखेरि रोगीव्यधि, तथा भूतप्रेत गाउँमा नपस्ने थारू समुदायमा जनविश्वास रहदै आएको छ ।

Tharu Woman Festive- Chirai Bhajahar 06

Leave a Reply

Your email address will not be published.