पारसको शतकमा नेपाल विजयी, नामिबियालाई ३ विकेटले हरायो

Paras-Khadka2

आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नामिबिया विरुद्धको दोश्रो खेल पनि नेपालले जितेको छ। काठमाडौं कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई ३ विकेटले हराएको हो।

नामिबियाले दिएको २ सय ४० रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कप्तान पारस खड्काले १ सय ३, शरद भेषावकरले नटआउट ७४, ज्ञानेन्द्र मल्लले २२, विनोद भण्डारीले १२ र नरेश बुढाऐरले ६ रन जोडे।

सोमबारको खेलमा रेकर्ड राख्ने क्रममा कप्तान पारस खड्काले ९४ बलमा ७ छक्का र ५ चौकाको मद्दतले १ सय ३ रन बनाएका हुन्। त्यस्तै १ सय ७ बल खेलेका शरदले ५ चौका हान्दै ७४ रन जोडेका हुन्।

शनिबार टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो।

Leave a Reply

Your email address will not be published.