पत्रकार लक्की चौधरी सम्मानित

Lucky_Sammanगोरखापत्रकर्मी लक्की चौधरी सक्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शनिबार एक कार्यक्रमकाबीच पत्रकार चौधरीलाई सम्मानित गरे। 

रिपोर्टर्स क्लवको अठारौं वार्षिकोत्सवको अवसरमा चौधरीसहित न्यूज एजेन्सीका फोटोपत्रकार मेननराज राजभण्डारी र नेपाल मण्डल टीभीका रामराजा बज्राचार्य पनि सम्मानित भए। तीनैजना पत्रकारलाई मन्त्री राईले सम्मानपत्रले सम्मानित गरे।

नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर लेखनमा सक्रिय रही नागरिकलाई सुसूचित गराउनमा उच्च योगदान दिएको भन्दै क्लवले पत्रकारलाई सम्मानित गरेको हो। सो अवसरमा मन्त्री राईले समाज परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रको अहम योगदान रहेकाले पत्रकारको क्रियाशीलता र सक्रियताको जरुरी रहेको बताए।

Leave a Reply

Your email address will not be published.