बर्दिया अब पूर्ण साक्षर

photo bardiya

बर्दियालाई औपचारीक रुपमा साक्षर जिल्ला घोषणा गरिएको छ। शिक्षामन्त्री गिरीराजमणि पोखरेलले एक विशेष कार्यक्रममा यस जिल्लालाई २५ औं पूर्ण साक्षर जिल्ला घोषणा गरे ।

बर्दियालाई साक्षर जिल्ला घोषणा गर्न सबै सरोकार निकायले आ–आफ्नो ठाँउमा सहयोग गरेको बताउँदै उहाँले समग्र मुलुकलाई साक्षर घोषणा गराउने अभियानमा आफू लागि परेको बताए ।

बर्दियाको १५ वर्ष देखि ६० बर्ष उमेर समूहको ९६.४१ प्रतशित साक्षर छन् भने १५ देखि ६० वर्ष उमेरको कुल तीन लाख ३५ हजार ९१६ मध्ये तीन लाख २३ हजार ८५८ जनसङ्ख्या साक्षर छन् ।

पाँच वटा नगरपालिका र १८ गाँउ पालिका रहेको यस जिल्लालाई साक्षर जिल्ला घोषण गराउन लागि माध्यमिक तहका कक्षा ९ र १० का विद्यार्थीलाई प्रयोगात्मक अभियानमा सहभागी गराइएको जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.