थारू महिलाद्वारा चिरै भजहरमा स्थानीय विदाको माग

Tharu girl

थारू महिलाहरुको पर्व चिरै भजहरमा स्थानीय विदाको माग गरिएको छ । सखी सञ्जाल कैलालीले आईतबार प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खा“ मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै स्थानीय विदाको माग गरेको हो । सञ्जालकी सचिव रविना चौधरी नेनृत्वको टोलीले प्रजिअलाई बुझाएकी हुन् । ज्ञापन पत्र बुझाउँदै उनले तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी थारु समुदाय कला, संस्कृति, चालचलनमा एकदमै धनी भएको भए पनि आधुनिकतासंगै संस्कृतिहरु लोप हुदै गएको बताइन् ।

चैत २९ गते थारु महिलाहरुको पर्व चिरै भजहरमा विद्यालय, सरकारी, गैरसरकारी कार्यालयहरुमा स्थानीय विदा घोषणा गर्नका लागि अनुरोध गरिएको छ । थारू बुद्धिजीवीहरुका अनुसार यो पर्व चैत्र महिनाको ओजरिया (शुक्ल पक्ष) को कुनै पनि सोमवार अथवा शुक्रबार मनाइने गरिन्छ । कते बैशाख एक गते पनि मनाइने जनाइएको छ । तथापी चिरै भजहर पर्व मनाउँने दिनमा एक रुपता ल्याउन सखी सञ्जालले चैत २९ गते पर्ने जनाएको छ । जुन दिन स्थानीय विदा हुनु पर्ने माग गरिएको हो ।

चिरै भजहर पर्व विशेषगरी अविवाहित महिलाहरुको पर्व हो । यो पर्वका दिन महिला स्वतन्त्रताको दिनका रुपमा पनि लिईन्छ । यस दिन छोरीहरु घरभन्दा परको बगिया (फलफुलको बगैचा) मा गई विभिन्न पौराणिक खेलहरु खेल्ने, नाचगान गर्ने, रमाईलो गर्ने गर्दछन् । यो पर्व मनाउ“दा गाउ“मा रोग व्याधी, महामारी गाउ“बाट भाग्ने विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published.