सचिव विमल चौधरीको माग : ३० वटा कलेजको प्रतिनिधि खारेज गरियोस्

Tharu Student Vally Commity 06

थारु विद्यार्थी समाज उपत्यका समितिको सचिव तथा अधेयक्षका उम्मेदवार विमल चौधरीले एक्लौटी ढंगले गठन गरिएका कलेजहरुको प्रतिनिधि र पर्यवेक्षक खारेजीको माग गरेका छन्। आइतबार निर्वाचन मण्डललाई पत्र लेख्दै ३० वटा कलेजहरुको प्रतिनिधिहरु खारेजी गर्न माग गरेको हो। 

चैत २३ गते समाजको केन्द्रीय पदाधिकारीसहित उपत्यका समितिका पदाधिकारीसँग बसेको संयुक्त बैठकले २८ वटा क्याम्पसको प्रतिनिधिबारे निर्णय भएको सचिव विमल चौधरीले पेस गरेको निवेदनमा उल्लेख छ।

‘दुई दैनिमै (२४ र २४) गते मसँग समन्वय नै नगरी एक्लौटी ढंगले रातारात ३० वटा कलेजमा इकाइ समिति गटन गरिएको छ। तसर्थ यो ३० वटा कलेजको कुनै सत्यता, प्रमाण, विधि र विद्यान पुर्‍याइएकाले उल्लेखित कलेजहरुको प्रतिनिधि/पर्यवेक्षक खारेजी गरी पाउँ भनि यो निवदेन पेस गरेको छु,’ उनले निवेदनमा उल्लेख गरेको छ।

निर्वाचन मण्डलमा पेस गरिएको निवेदनमा के.आई.टि. कलेज, लालीगुँरास, काठमाडौं मोडल, नेपाल इन्जिनियरिङ, नेशनल इन्जिनियरिङ, बानेश्वर क्याम्पस, एक्टिभ कलेज, आशीर्वाद कलेज लगायतका छन्।

निवेदन यस्तो छ: 

Bimal Application 01

Bimal Application 02

 

Leave a Reply

Your email address will not be published.