देवयानी संहिताबारे छलफल गर्न सांसद गंगा चौधरी जापान जाने

Ganga Tharu

जापन सरकारको निम्तोमा कानुनमन्त्री अग्नी खरेल सहित ८ जना सांसद चैत २७ गते जापन प्रस्थान गर्ने भएका छन्। देवयानी संहिताका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्ने उदेश्यसहित सांसदहरुको टोली एक हप्ताका लागि जापान प्रस्थान गर्न लागेको हो। उक्त भ्रमणको ब्यवस्थापन भने जाइकाले गर्दैछ।

कानुनमन्त्री अग्नी खरेलको नेतृत्वमा सांसदहरु जापान जान लागेको सांसद रेवतीरमण भण्डारीले जानकारी दिए । ‘देवयानी फौजदारी संहिताका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि जापन जान लागेका हौं,’ भण्डारीले नागरिकन्युजसँग भने, ‘जापानले गरिरहेको प्रयोग तथा एक अर्का देशको अनुभवहरु साटासाट गर्नेछौं ।’

कानुन मन्त्री खरेल, सांसद भण्डारीसहित लक्ष्मणलाल कर्ण, कृष्णभक्त पोखरेल, रामनारायण बिडाँरी, गंगा चौधरी, राधेश्याम अधिकारी, सभामुखका प्रेस सल्लाहकार बबिन शर्मालगायत जापान जान लागेका हुन् । उक्त टोली बैशाख ५ गते स्वदेश फर्कने छ।

Leave a Reply

Your email address will not be published.