नेम्बाङलाइ वक्ताहरूकाे प्रश्न- नयाँ संविधान कसरी उत्कृष्ट ?

थारू पत्रकार संघ नेपालकाे पाँचाैँ स्थापना दिवसका वक्ताहरूले पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाइ संविधान कसरी उत्कृष्ट भएकाे प्रश्न गरेका छन्। नेम्वाङले समावेशी सहभागितामूलक संविधानसभाले बनाएकाे संविधान विश्वमै उत्कृट भएकाे बताएपछि वक्ताहरूले उनलाइ यस्ताे प्रश्न गरेका हुन्।

नेवा दवु पत्रकार संघका अध्यक्ष श्रीकृष्ण महर्जनले नेम्बाङले भूमरीमा पारेकाे अाराेप लगाए। उनले विराेधगरेकाे जस्ताे गरेर संविधानकाे चर्चा गरेकाे अाराेप लगाए। जुन चर्चाकाे लायक नरहेकाे उनकाे तर्क थियाे।

त्यस्तै थरूहट तराइ पार्टी नेपालका सचिव मीनराज चाैधरीले पनि कुनै पनि हालतमा संविधान उत्कृष्ट नभएकाे बताए। नयाँ संविधानमा थारू मधेसी अादिवासी दलित र पीछडा वर्गहरूकाे अधिकार कटाैति भएकाे उनकाे अराेप थियाे।

त्यस्तै एमाले सांसद कृपाराम रानाथारुले नेम्बाङकाे बचाउ गरे। उनले नयाँ संविधानले पहिलो पटक थारुको पहिचान सुनिश्चित् गरेको बताए। थारु, मधेसी, मुश्लिम, दलित, पछाडिपरेका वर्गको अधिकारलाई नयाँ संविधानले धेरै हदसम्म सम्बोधन गरेको दावी गर्दै उनले भने, ‘यो संविधान कार्यान्वयन नभए हाम्रो पाएको उपलब्धी पनि गुम्छ।’

कार्यक्रमका केही तस्बिर हेर्नुस्

TJA 19

TJA 17

TJA 15

TJA 12

TJA 06

TJA 03

TJA 04

TJA 13

TJA 20

TJA 09

TJA 02

TJA 18

TJA 05

TJA 14

TJA 16

TJA 07

TJA 08

TJA 10

TJA 11

TJA 01

Leave a Reply

Your email address will not be published.