बंगलादेशविरुद्ध भारतको सनसनी जित

CRICKET-WT20-2016-IND-BAN

म्यान अफ दी म्याच रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाको उत्कृष्ट बलिङप्रेरित भारतले सुपर १० को रोमाञ्चक खेलमा छिमेकी बंगलादेशमाथि १ रनको जित हासिल गर्दै ट्वान्टी–२० विश्वकपको सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ।
आश्विन र जडेजाले किफायती बलिङ गर्दै दुई/दुई विकेट लिएपछि भारतले आक्रामक सुरुआत गरेको बंगलादेशी इनिङ १४५–९ मा सीमित गरेको थियो।

अन्तिम समय बंगलादेशलाई जितका लागि ३ बलमा दुई रनमात्र आवश्यक रहेका बेला हार्दिक पाण्डेले लगातार दुई विकेट लिएर घरेलु टोलीलाई जितको बाटोमा डोर्याईए। अन्तिम बलमा मुस्ताफिजुर रहिमलाई भारतीय कप्तान महेन्द्रसिंह धोनीले रनआउट गर्दै बंगलादेशको आशा समाप्त पारिदिए।

बंगलादेशका लागि सर्वाधिक ३५ रन बनाएका ओपनर तमिम इकबाललाई धोनीबाट स्टम्पिङ गराएका जडेजाले विपक्षी कप्तान मासरफ मोर्टाजालाई बोल्ड गरे। ओपनर मोहम्मद मिथुनलाई १ रनमा हार्दिक पाण्डेबाट क्याच गराएका आश्विनले विपक्षी टोलीका खतरनाक अलराउन्डर सकिब अल हसनलाई सुरेश रैनाबाट क्याच गराएका थिए। पूरा ४ ओभर बलिङ गर्ने क्रममा आश्विनले २० तथा जडेजाले २२ रन खर्चे।

बंगलादेशका लागि इकवालले ३२ बलमा ५ चौका प्रहार गरेका थिए।

बंगलादेशका लागि सबिर रहमानले १५ बलमा ३ चौका र १ छक्कासहित २६ रनको यागदान गर्दा सकिब अल हसनले १५ बलमा २ छक्कासहित २२ रन बनाए। यसैगरी सौम्य सरकारले २१ बलमा १ चौका र १ छक्कासहित २१ रन बनाउँदा महमुदुल्लाहले २२ बलमा १ चौकासहित १८ रन जोडे। मुस्पि्ककर रहिमले ६ बलमा २ चौकासहित ११ रन बनाए। उनले अन्तिम ओभरमा दुई चौका हान्दै बंगलादेशलाई विजयतर्फ डोर्यािएका थिए। अन्यले दोहोरो स्कोर गर्न सफल भएनन्।

भारतका लागि आशिष नेहरा र रैनाले थप एक/एक विकेट लिए। यसअघि टस जितेर फिल्डिङ रोजेको बंगलादेशले अनुशासित बलिङ प्रदर्शन गरे पनि बेङ्लोरको चिन्नास्वामी रंगशालामा भारतले पूरा २० ओभर खेल्दै ७ विकेट क्षतिमा १ सय ४६ रन बनाएको थियो।

रैनाले बनाएको ३० रन भारतीय इनिङमा ठूलो स्कोर थियो। तथापि ओपनरद्वय रोहित शर्मा र शिखर धवन तथा विराट कोहली, हार्दिक, धोनी र जडेजाले औसत योगदान गरेपछि भारत सम्मानजनक स्कोर खडा गर्न सफल भयो।

रोहित र शिखरले पहिलो विकेटमा ४२ रन जोड्दै सुरु गरेको भारतीय इनिङमा तेस्रो विकेटका लागि कोहली र रैनाले ५० रनको महत्वपूर्ण साझेदारी गरे। ४५ रनमा दुई विकेट गुमाएको भारतलाई रैना र कोहली (२४) ले १३.४ ओभरमा ९५–३ को अवस्थामा पुर्यााए।

रैनाले २३ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे भने कोहलीले २४ बलमा १ चौकासहित २४ रन बनाए। ओपनर रोहितले १६ बलमा १ चौका र १ छक्कासहित १८ रन जोड्दा शिखरले २२ बलमा २ चौका र १ छक्कासहित २३ रनको योगदान गरे। हार्दिकले आक्रामक खेल्दै ७ बलमा २ चौका र १ छक्कासहित १५ रन जोडे भने धोनीले १२ बलमा १ चौकासहित अविजित १३ रन बनाए। जडेजाले ८ बलमा २ चौकासहित १२ रन जोडे।

मुस्ताफिजुर रहमानले रोहितलाई सबिर रहमानको हातबाट क्याच गराउँदै भारतको ओपनिङ साझेदारी टुटाएका थिए। दुई विकेट लिएका उनले जडेजालाई पनि बोल्ड गरे। रोहित आउट भएलगत्तैको ओभरमा बंगलादेशका अलराउन्डर सकिब अल हसनले शिखरलाई एलबिडब्लु धरापमा पारे भने कोहली शुभागत होमको बलमा बोल्ड भए। यसैगरी अल अमिन हुसेनले लगातारको बलमा रैना र हार्दिकलाई आउट गरे। रैनालाई सबिरबाट क्याच गराए भने हार्दिकले सौम्य सरकारलाई क्याच दिए। त्यसपछि क्रिजमा आएका युवराज सिंह (३) ले पहिलो बलमा १ रन बनाउँदै अल अमिनको ह्याटि्रक सम्भावना टारिदिए। युवराजको विकेट महमुदुल्लाहले लिए।

Leave a Reply

Your email address will not be published.