मधेस आन्दोलनका घाइतेलाई सरकारले दियो ३१ लाख

tharu-madhesi protest 08

नयाँ संविधानप्रति बिमति जनाउने क्रममा तराई–मधेसमा भएका आन्दोलनका घाइतेका लागि सरकारले ३१ लाख रुपैयाँ निकासा गरेको छ। आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको क्रममा पेश गरेको विवरणअनुसार सरकारले उक्त रकम निकासा दिएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए।

‘मन्त्रिपरिषद्ले भर्खरै ३१ लाख रुपैयाँ मधेस आन्दोलनका घाइतेको उपचार खर्चका लागि रकम निकासा गरिसकेको छ,’ सुमनले नागरिकसँग भने, ‘उक्त रकम क्रमशः आन्दोलनका घाइतेहरु कहाँ पुग्दैछ।’

मोर्चाले सिफारिस गरे अनुसार भोगेन्द्र यादवलगायत केही घाईतेलाई भने अझै रकम निकासा नभएको सुमनको भनाई छ।

Leave a Reply

Your email address will not be published.