दोषहरण चौधरी।
गत असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान घोषणा भएपछि त्यस्को खुसीयासीमा तीन करोड़ जनतामध्ये एक तिहाईले दीपावली मनाएका थिए। संविधानप्रति असन्तुष्ट जनतामा पनि केही आशा त पक्कै पलाएको थियो।
त्यसमाथि देशले इतिहास नै रच्ने नयॉ पदाधिकारिहरु पाएको थियो। पहिलो महिला राष्ट्रपति, संघीय लोकत्रान्तिक गणतन्त्रको पहिलो प्रधानमन्त्री तथा पहिलो महिला सभामुख आदि।
नयॉ पदाधिकारिहरुको नयॉ जोस जांगर र नयॉ सोचका साथ देशले विकासले नयॉ गति पाउँछ कि भन्ने नेपाली जनताहरुको प्रवल चाहना थियो। तर जुनै जोगी आए पनि कानै चिरेको भनेजस्तै ती नयॉ पदाधिकारिहरु देश विकासभन्दा पनि पार्टी विकासतर्फ नै लागे। देशले परिवर्तनको कुनै पनि गति लिन सकेन। संविधानप्रति असन्तुष्ट अनेक वर्ग तथा राजनीतिक दलहरु आन्दोलनको लागि अझ बहाना पाए। टिकापुर र रुपेन्देही घटनाले विश्वलाई नै हल्लायो तर हाम्रा नेताहरुलाई कुनै असर परेन।
रेमिटेन्समै आधारित नेपालको अर्थतन्त्र, जहॉ दैनिक सरदर एक हज़ार चार सयभन्दा बढी युवाहरु विदेशिने गरेका छन्। तर सरकारलाई भने यसको कुनै मतलब छैन महिनौं दिनसम्म नाकाबन्दी र आन्दोलनले अक्रान्त हामी जनताहरु कति स्यंम? अहिले ती आन्दोलन र नाकाबन्दी हटेको कयन दिन भइसकेको छ। प्रशस्त मात्रामा इन्धन भित्रिरहेको बेला जनताहरु अझै पनि ग्याँस र तेल सुलभ तरिक़ाबाट पाउन सकिरहेका छैनन्।
कालो बजारीले जनताहरु भयभीत भइसके तर पनि प्रधानमन्त्रीलाई अत्तोपत्तो छैन। जनताहरुको चुल्होमा आगो बल्न नसकेको अवस्थामा उनी उखान टुक्कामै सिमित भाषणसँगै अहिले विदेश भ्रमणमै ब्यस्त छन्।