तपाईँका भित्तेपात्रोमा थारू समुदायको चाडपर्व गलत मितिमा त छैन?

calender

विभिन्न प्रकासनद्वारा प्रकाशित आउँदो नयाँ वर्ष २०७३ सालको भित्तेपात्रोहरुमा थारू समुदायको चाड पर्वहरुलाई गलत मितिमा प्रकाशित गरेको पाइएको छ । भर्खरै बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा प्रकाशित भएको पाइएको हो ।

थारू नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीले ती दुवै भित्तेपात्रोमा थारू समुदायको प्रसिद्ध पर्व गुरही/गुरियालाई साउन एक गते उल्लेख गरेको जानकारी दिए । तर थारू समुदायमा गुरही पर्व नागपञ्चमीको दिन पर्ने र ०७३ सालमा नागपञ्चमी पर्व तथा गुहरी पर्व साउन २३ गते पर्ने संयोजक चौधरीले बताए ।

कुनै पनि समुदायको चाडपर्व गलत मितिमा उल्लेख गर्नु उक्त समुदायलाई भ्रममा पार्ने काम भएको र सांस्कृतिक अधिकारमाथिको हस्तक्षेप रहेको पनि संयोजक चौधरीले टिप्पणी गरे । संयोजक चौधरीले गत वर्ष पनि ती पात्रो प्रकाशकहरुले फरक–फरक मितिमा उल्लेख गरेको बताए । तर प्रकाशकहरुलाई जानकारी गराउँदा–गराउँदै पनि विगतको गल्ती दोहो¥याउनु निन्दनीय कार्य रहेको पनि उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.