दाङमा रिता चाैधरीमाथि एसिड प्रहार

घोराही नगरपालिका-२ गुलरियाकी ३२ वर्षीया रिता चौधरीमाथि गएराति एसिड प्रहार भएको छ । आफ्नै किराना पसलमा बसिरहेको बेला दुई अपरिचित व्यक्तिले एसिड प्रहार गरेका थिए । एसिडबाट दायाँ गाला र गर्धन पोलिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइतेलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।
एसिड प्रहार गर्नेको पहिचान भनइसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताए ।

Leave a Reply

Your email address will not be published.