सिटौला प्यानलबाट उमाकान्त चौधरी कोषाध्यक्षका उम्मेद्‍वार

Umakant-Chaudhary

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिका लागि औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । सिटौलाको टीमबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम सार्वजनिक भएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसबाट सिटौलाले आफ्नो टीम घोषणा गरेका हुन् ।

यसअघि केन्द्रीय सदस्य सुजाता कोइरालाले बुधबार नै मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

त्यस्तै संस्थापन पक्षबाटै रामचन्द्र पौडेलले पनि आजै साँझ पार्टी केन्द्रीय कार्यालय सानेपाबाट उम्मेद्वारी घोषणा गर्दैछन् ।

कोइराला, सिटौला र पौडेलसमेत संस्थापन पक्षबाट तीनजना सभापतिका दाबेदार देखएकिा छन् भने महामन्त्री र कोषाध्यक्षमा संस्थापन पक्षबाट दुईजनाको दाबेदारी प्रस्तुत हुनेभएको छ ।

Leave a Reply

Your email address will not be published.