भिखनी देवी चौधरीको कुकुरसँग विवाह

कैलालीको दुर्गौली गाउँ विकास समिति वार्ड नं. ४ धर्मपुरमा एक ज्येष्ठ नागरिकको कुकुरसँग विवाह भएको छ। करिब एक सय २० वर्षीया भिखनी देवीको कुकुरसँग विवाह भएको हो। स्थानीय धनीराम चौधरीका अनुसार १ सय २० वर्षीया भिखनीदेवी चौधरीको दात र कपाल फेरि नयाँ पलाएको हुनाले थारू परम्परा अनुसार विवाह गर्नु परेको परिवारले जनाएको छ।

चौधरीका छोरा आइतबारी चौधरीले थारुहरुको पुरानो परम्पराका साथ (जिता) बंगुर मारेर विवाह गरेको स्थानीय धनीराम चौधरीले बताए। विवाहमा गाउँ लगायतका बाहिरी नातेदारलाई बिवाहको निमन्त्रणा दिइएको थियो। चौधरीको अनुसार बाहिरी नातेदार पनि बिवाह खान आएका थिए।

Leave a Reply

Your email address will not be published.