कीर्तिपुर केन्द्रबिन्दु बनाएर भूकम्प

Bhukampa-Nepal

राजधानीमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार राति ९ बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । ३.५ रेक्टरको गतिमा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु कीर्तिपुर रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर नुवाकोट र आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको विवरण प्राप्त भएको छ । यसअघि बुधबार दिउँसो सिन्धुपाल्चोकलाइ केन्द्र बनाएर ठुलै धक्का गएको थियो ।

Leave a Reply

Your email address will not be published.