बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गर्ने

harryबेलायती राजकुमार ह्यारीले आगामी मार्च महिनाको २० देखि २३ तारिक नेपालको औपाचारिक भ्रमण गर्ने भएका छन्। केनसिनटोन प्यालेसले बिहीबार ट्विट गर्दै ह्यारीले नेपालको ४ दिने औपाचारिक भ्रमण गर्न लागेको पुष्टि गरेको हो। 

प्यालेसका अनुसार उनले पोखरास्थित गोर्खा सैनिक क्याम्प र नेपालको भूकम्प प्रभावित क्षेत्रको भ्रमण समेत गर्ने छन्। यसअघि गत महिना केनसिनटोन प्यालेसले ट्विट गर्दै राजकुमार ह्यारी नेपाल जान लागेको जनाएको थियो।

उसले ट्विट गर्दै, राजकुमार ह्यारीले यो स्प्रिङमा नेपालको अफिसियल भ्रमण गर्ने छन् भनी उल्लेख गरेको थियो। सुरक्षाको कारण देखाउदै केनसिनटोन प्यालेसले भ्रमणको मिति लगायतको बिस्तृत विवरण गोप्य राखिएको थियो। राजकुमार ह्यारीको बेलायतबाट नेपालमा पहिलो पटक राजकीय भ्रमण हुन लागेको हो।

Leave a Reply

Your email address will not be published.