इन्सेकको प्रतिवेदन १५ दिनभित्र नसच्याए प्रतिकार गर्ने थारु युवा स्वयंसेवकको चेतावनी (विज्ञप्ती)

Tharu Youth Marc Pass in Dang 08

नेपालमा परिवर्तनका सन्दर्भमा समुदायका मानिस सचेत भइसकेका छन्। अधिकार र सकारात्मक परिवर्तनका लागि पटक पटक संघर्षहरु भएका छन्। सकारात्मक परिवर्तनको संघारमा पुगेको बेला केही सरकारी सत्तासीन र संस्थागत शासकहरु यस पविर्तनको विरुद्धमा हुन्छन्।

साथै जनताको खोसिएको अधिकार सुम्पने पक्षमा हुँदैनन्। यसर्थ पविर्तनगामी समग्र नेपाली जनता वषौंदेखि अधिकारबाट बञ्चित बनाइएका आदिवासी थारुलगायत आम नेपाली जनतालाई अधिकार सम्पन्न गरिएको विभिन्न संघर्षलाई यहाँका विभिन्न सत्ताधारी र मानव अधिकारको शासक खोल ओधेर सद्भावको विगुल फुक्ने, खोक्रो आदर्शवाद लाद्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)नामक संस्थाले बिना प्रमाण थरुहट/थारुवान आन्दोलनको क्रममा राज्य पक्ष र आन्दोलनकारीबीचको झडपपश्चात भएको टीकापुर घटनालाई लिएर २ वर्षे बालक टेकबहादुर साउँदलाई थरुहट थारुवान कार्यकर्ताले आक्रमण गरी मारेको भनि संस्थागतरुपमा मानव अधिकार वर्ष पुस्तिकामा फोटोसहित प्रकाशन गरी हर्ष उल्लासका साथ कैलालीका प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिशलगायतका महामहिम ज्यूहरुबाट बिमोचन गरी सामाजिक सद्भाव बिगार्ने किसिमको इन्सेक क्षेत्रीय कार्यालय धनगढीको गैर जिम्मेवारीपूर्ण कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त टिकापुर घटनाको निष्पक्ष अध्ययन अनुसन्धान हुन जरुरी छ। धेरै अधिकामूखी संघ संस्थाहरुबाट पनि यस घटनाको अनुसन्धान भएका छन्। नेपाल सरकारको आधिकारीक निकायको रुपमा कार्यरत राष्ट्रिय मानव अधिकार आयोगले समेत यस घटनाको अनुगमन गरी भदौ २४ गते विज्ञप्ती जारी गरी एसएसपी लक्ष्मण न्यौपाने लगायत ८ जनाको प्रदर्शनकारीबाट घरेलु हतियार भाला खुकुरी प्रहार गरी हत्या गरिएको साथै प्रहरीबाट प्रदर्शनकारीहरु माथि अश्रु ग्याँस र गोली प्रहार हुन थाले पछि आक्रोसित प्रदर्शनकारीहरुको भिडले प्रहरीको हत्या भएको उक्त प्रतिवेदनमा उल्लेख छ।

जबकि आयोगको उक्त प्रतिवेदनमा प्रहरीबाट गोली प्रहार भएको भन्दाभन्दै एकोहोरो रुपमा इन्सेक संस्थाले प्रदर्शनकारीले चलाएको गोलीबाट बालकको मृत्यु भएको हो भन्नुमा कुनै यथार्थता नरहेको र आन्दोलनकारीलाई आक्रोसित बनाउने र सामाजिक सद्भाव खल्बल्याउने किसिमले पुर्वाग्रहीरुपमा टिकापुर ९ का दुई वर्षे बालक टेकबहादुर साउँदको मृत्यु थरुहट संघर्ष समितिको कार्यकर्ताको अक्रमणबाट भएको भनि इन्सेक नामक संस्थाको मानव अधिकार वर्ष पुस्तिका २०१६ मा उल्लेख छ। यसर्थ, समग्र थरुहट थारुवान आन्दोलनलाई चुनौति दिँदै दुई वर्षे बालक हत्यालाई कुनै सुझबुझ नगरी मनोमानी तवरले हचुवाको भरमा प्रतिवेदन सार्वजनिक गरिएको कार्यप्रति हामी घोरभर्त्सना गर्दछौ।

साथै सो प्रतिवेदन तत्काल खारेजीको माग गर्दछौ। यदि उक्त प्रतिवेदन आम माफीसहित १५ दिनभित्र नसच्याए त्यस संस्थालाई र त्यस संस्थाद्धारा सञ्चालन गरिने हरेक कार्यक्रमहरु बहिस्कार गर्ने चेतावनी दिन चाहन्छौं। त्यस संस्थाबाट गरिएको आधारहीन कार्यको प्रतिकार गर्ने क्रममा हुनसक्ने हरेक नकारात्मक प्रतिफलको जिम्मेवारी स्वयं इन्सेक संस्थाको नै हुने व्यहोरा यसै प्रेस विज्ञप्तीमार्फत सम्बन्धीत सम्पूर्णलाई जानकारी गराउँदछौं।

यो पनि पढ्नुस्:

इन्सेकलाई १५ दिनभित्र प्रतिवेदन सच्याउन थरुहटको अल्टिमेटम

महाबीर चौधरी

थारु युवा स्वयंसेवक

संयोजक

Press Realese - Tharu Youth

Leave a Reply

Your email address will not be published.